दुर्घटनाग्रस्त हेलिकप्टरमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार (अपडेट)
7 years अगाडी
Susma Dhakal
ताप्लेजुङ – ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१०, को दारेभिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको छ ।
हेलिकप्टरमा क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, विरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल, अर्जुन घिमिरे रहेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी संजयसिंह थापाले बताउनुभयो ।दुघर्टनामा परेको हेलिकप्टर पाथिभरामा ल्यान्डिङ गरेर फर्किँदै थियो ।
थप अनुसन्धानका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलतर्फ लागेको गएको छ । ‘हामीले धुवाँ उडेको ठाउँ देखेका छौँ, हिउँ पन्छाउँदै जानुपर्ने भएकाले समय लाग्छ’, ताप्लेजुङका प्रहरी प्रमुख थापाले उज्यालोलाई जानकारी दिनु भएको छ । घटनाकाे विस्तृत विवरण आउन बाँकी रहेकाे छ।
February 27, 2019 3:32 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...