यसरी भएको थियो ताप्लेजुङमा पाथिभरा देविको उत्पति !
ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलको रूपमा मानिन्छ । पूर्वाञ्चलमा भने पर्यटकहरूकोलागि पहिलो गन्तब्य बनिने गरेको छ । चारैतिर हराभरा र उकाली ओराली बिच पहाड तथा हिमाली भेगको फेदमा लेक लाग्ने ठाउमा पर्दछ पाथिभरा देवि मन्दिर ।
यो मन्दिर यात्रा गर्न जो कोहिका लागि त्यती सहज छैन । यात्रा कठिन भएकै कारण धेरै मानिसले यो मनोरम पर्यटकिय स्थलको अवलोकन गर्न पाएका छैनन् । यातायातको सुविधा नहुँदा पहाड चढ्न कठीन भएकाले पाथीभरा दर्शन अझै पनि सहज हुन् सकेको छैन ।
परापूर्वकालमा त्यहाका गोठालाहरूले पाथिभरा मन्दिर परिषरमा आफ्नो भेडिगोठ बनाउने गर्थे एक दिन अचानक रातको समयमा राखेका भेडाहरू हेर्दा हेर्दै अलप भएको र प्रत्यक्ष देवीले दर्शन दिनु भई आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलीसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । देविले दिएको निर्देशन अनुसार बलियो भेडालार्इ बलि दिनासाथ हेर्दाहेर्दै बिलाएका अथहा भेडाहरू जस्ताको तस्तै त्यहि ठाउमा देखिएपछि देविको साच्चै उत्पती रहेको किमदन्ती रहदै आएको छ ।
त्यो भन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलीस्थलमा झर्नासाथ बालुवामा पानी हराएझैं हराउन पुग्यो । यो देखेर आश्चर्य मान्दै गोठालाहरुले देवीको जय जयकार गरेको किम्वदन्तीमा पाइन्छ । सोहि किम्वदन्ति अनुसार अहिले पनि देविकै नाममा सयौको संख्यामा भेडाहरूको बलि दिने चलन रहेको छ । पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका र पाठीको बली चढाइन्छ ।
तर, बलीस्थलमै रगत हराएको, सीमित रहेको जोकोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन् । किम्वदन्तीलार्इ नमानी शंकाको घेरामा राख्ने हो भने देवीको नाममा चढाइएको बलि संख्यालाई दृष्टिगत गर्दा त्यहाँ रगतको पोखरी जम्नुपथ्र्यो तर त्यसो देखिदैन ।
यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बली स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहीआएको छ । पाथीभरा देवीका लागि पशु बली अनिवार्य नभए पनि बली चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरु देवीलाई फलफूल तथा मिठाइको भोग चढाउँछन् ।
पाथीभरा देवीलाई अटल सौभाग्यकी प्रतीकका रुपमा मानिन्छ । त्यसैले सबै किसिमका भक्तजनहरुले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँइयो, आदि अनिवार्य रुपमा चढाउने गर्दछन् । त्यस्तै पाथीभरा देवीको दर्शनका लागि साउन महिना बाहेक सबै महिना उपयुक्त मानिन्छ ।
February 28, 2019 3:37 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो