हेलिकप्टर दुर्घटना : सबै शवको पोस्टमर्टम र परीक्षण आजै नसकिने
काठमाण्डौ – एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ ।
पोस्टमर्टमका लागि डा.रामप्रसाद उप्रेतीलगायत सात जनाको टोली खटेको अस्पतालले जनाएको छ । टोलीका सदस्य उप्रेतीले एउटा शवको पोस्टमर्टमका लागि कम्तीमा एक घण्टा लाग्ने बताउनुभयो । एउटा शवलाई एक घण्टा लाग्ने हुँदा सातै वटा शव पोस्टमर्टम गर्दा कम्तीमा पनि सात घण्टासमय लाग्ने उहाँले बताउनुभयो ।
पोस्टमर्टम सँगसँगै कतिपय शव नचिनिने अवस्थामा रहेकाले डीएनए परीक्षणमार्फत पनि छुट्याउनु पर्ने भएकाले त्यसका लागि थप समय लाग्ने उहाँले बताउनुभयो । त्यसैले आजै पोस्टमर्टमको रिपोर्ट दिएर शव निकाल्ने अवस्था नरहेको भन्दै उहाँले रातभर परीक्षण गरेर भोलि बिहान मात्रै शव दिन सकिने सम्भावना रहेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाले आजै मन्त्री अधिकारीको शव श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राख्ने भनेकाले पहिला उहाँकै पोस्टमर्टम गरिने पनि डा.उपे्रतीले बताउनुभयो । बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङमा एयर डानेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियाे ।
दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो ।
February 28, 2019 3:51 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार