सप्तरीमा छिमेकीद्वारा ८ वर्षीय बालकको हत्या भएको पुष्टि, हत्यारालाई जन्मकैदको सजाय
सप्तरी – सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. ५ हरीपुरका ८ वर्षीय बालक दुर्गानन्द साहलाई अपहरण गरी त्यही ठाउँका २९ वर्षीय चुडामणी ठाकुर र २१ वर्षीय रामबाबु गुप्ता साहले हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालत सप्तरीले सर्वस्वसहित जन्मकैदको अन्तिम फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले ठाकुर र साहलाई सर्वस्वसहित जन्मकैद सजायको फैसला गर्नुका साथै फिरौती रकम असुल गर्न प्रयोग भएको मोबाइलको सिमकार्ड प्रकृया नपुर्याई बिक्री गर्ने एक व्यापारीलाई ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
अदालतका अनुसार सप्तरीको बोदेबर्साइन नगरपालिका ५ देउरी घर भई राजविराज नगरपालिका ८ कञ्चनरुप रोडान मनिषा कम्युनिकेसन सञ्चालन गरी बसेका २४ वर्षीय कपिलदेव दासले कागजी प्रकृया नपुर्याई ठाकुरलाई सिमकार्ड बिक्री गरेका थिए ।
बालक दुर्गानन्दलाई ०७३ मङ्सिर ११ गते राति छिमेकी ठाकुरले अपहरण पश्चात् हत्या गरेपछि ०७३ मङ्सिर १६ गते ९८१६७१११६१ नम्बरबाट म्यासेज पठाएर बालकका आमासँग पाँच लाख फिरौती मागेका थिए ।
बालकका बुबा वृद्ध र सुस्त मनस्थितिका रहेको तथा दाजु वैदेशिक रोजगारमा कतारमा रहेकोले सहजै फिरौती रकम असुल हुने अपेक्षाबमोजिम ठाकुरले योजनाबद्ध अपहरण गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानपश्चात पक्राउ परेकाहरुले बालकको हत्या गरी बोरामा बाँधेर छिमेकी पन्नालाल साहको शौचालयको सेफ्टी ट्याङ्कीमा फालेको बताएपछि हत्याको १९ औं दिन सडेगलेको अवस्थामा बालकको शव फेला परेको थियो । हत्या गरी अर्का छिमेकी पन्नालाललाई फसाउन उनको शौचालयको सेफ्टी ट्याङ्कीमा अभियुक्तले फालेका थिए । शवको फरेन्सिक परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ०७३ पुस १ गते पोस्टमार्टम गरिएको थियो ।
हत्याका आरोपीलाई प्रहरीले ०७३ मङ्सिर २९ गते पक्राउ गरेकोमा जिल्ला अदालतले ठाकुर र साहलाई पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो । दासलाई भने अदालतले २५ हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो ।
March 1, 2019 10:32 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै