

आहा रारा गोल्डकप : आर्मी भर्सेस थ्रीस्टार, कसले उचाल्ला ट्रफी ?

कास्की – पोखरामा चलिरहेको १७ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितको फाइनलमा शनिवार त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । आर्मीले क्यामरुनको दाउफिन्सलाई १–० र थ्रीस्टारले एपीएफलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
ए डिभिजन लिगपछि मोफसलका प्रतियोगिताहरुमा निकै राम्रो खेल खेलिरहेको दुवै टिमले उपाधि रक्षा गर्नु आफूहरुको लक्ष्य रहेको शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा दाबी गरेको छ । आर्मीका प्रशिक्षक नविन न्यौपानेले भने, ‘अहिलेसम्म आहा राराको इतिहासमा आर्मीले उपाधि जित्न सकेको छैन, यो वर्ष जित्ने लक्ष्यमा छौँ ।’ थ्रीस्टार राम्रो टिम भएको हुँदा अवसरहरु कमै प्राप्त हुने र पाएको अवसरलाई सदुपयोग गर्दै अगाडी बढ्ने उनको भनाइ छ ।
थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आर्मीसँगको खेल प्रतिस्प्रधात्मक हुने बताउँछन् । आफ्नो लक्ष्य उपाधि रक्षा गर्ने बताउँदै शनिबारको खेल पोखरेली दर्शकले हेर्न लायक हुने उनले बताए । आर्मी राम्रो टिम भएकोले त्यहीअनुसारको रणनीतिका साथ अगाडि बढेर उपाधि जित्ने उनको दाबी छ ।
फाइनल खेल शनिबार दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई स्कूटर, वेस्ट अफ् फाइभ विधातर्फ जनही १५ हजार र ट्रफी दिइनेछ । यस्तै सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँका साथै ट्रफी दिइनेछ ।
March 2, 2019 10:50 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

