

जाति बचाउन भाषा बचाउ, भेषभुषा माथिको विकृति बहिष्कार गरौँ – शेर्पा किदुग युएई
6 years अगाडी
Nepal Drishti

अनिस तामाङ, युएई । शेर्पा समुदायको राष्ट्रिय पर्व फग् ल्होसारको उपलक्ष्यमा शेर्पा किदुग युएईले २१४७ औं फग ल्होसार-२०१९ को अवसर पारेर युएईको दुबई शहर स्थित एभरेस्ट क्लब अस्टोरिया होटलमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरि भव्यरुपमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमको अध्यक्षता शेर्पा किदुग युएईका केन्द्रीय अध्यक्ष निमा शेर्पाले गरेको थियो भने कार्यक्रमका प्रमुख अतिथिको रुपमा नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाले गरेका भए । त्यसैगरी विशेष अतिथि,अतिथिको रुपमा तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान, जनजाति महासंघ युएईका बरिस्ठ उपाध्यक्ष सुरेन्द्र थिङ लगायतका विभिन्न जातिय,क्षेत्रीय सामाजिक संघ संस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।

कार्यक्रमको उद्घाटन दिप प्रज्वलन साथमा नेपालको राष्ट्रियगान गाएर उपस्थित अतिथिहरुलाई स्यार्गे दिएर गरेको हो । निर्धारित समय भन्दा केही समय ढिलो सुरु भएको उक्त कार्यक्रममा शेर्पा किदुग युएईका संचार विभाग प्रमुख सनम शेर्पाले स्वागत मनतव्य द्धारा सबै उपस्थित दर्शक तथा सम्मानित व्यक्तिहरुलाई स्वागत गरेको थियो ।

मनतव्यको क्रम कार्यक्रमका आकर्षक व्यक्तित्व अर्थात महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाले पछिल्लो चरण भेषभुषामा आएको विकृतिलाई कडा शब्दमा निन्दा गर्नु भएको छ । भेषभुषामा हाम्रो सांस्कृतिक चिनारी भएकाले आफ्नो मौलिक भेषभुषामा पश्चिमी समाजको प्रवेश गर्न दिन नहुने, यदि कसैले जबर्जस्ती भेषभुषामा माथि विकृति भित्र्याउछ भने उक्त व्यक्तिलाई सामाजिक रुपमा बहिस्कार गर्नु पर्ने तर्क पेश गरेको हो ।

त्यसै गरि कार्यक्रमका अर्का विशेष अतिथि तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानले पछिल्लो चरण आफ्नो मातृ भाषा छोड्दै गरेकोमा चिन्ता व्यक्त गर्नु भएको थियो । कुन व्यक्ति कुन जातिको हो भनेर चिनिने पहिलो आधार भनेको उसको भाषा भएकोले हामी हाम्रो भाषालाई प्रमुख मान्यता दिदै जाति बचाउन भाषा बचाउनु पर्ने कुरामा जोड दिएका छन ।

औपचारिक कार्यक्रम समापन भए संग दोस्रो अनौपचारिक कार्यक्रम सुरु भएको थियो । नेपालबाट अमान्त्रित कलाकारहरु गायक गम्बु शेर्पा, डिजे तेन्जिङ, मोडल तथा डान्सर पुसन लामा, सेलो गायक आङतेन्जी शेर्पा, यङजोम शेर्पाको साथमा स्थानीय कलाकारहरुको जोडदार सांगीतिक प्रस्तुतिले उपस्थित सयौं दर्शकहरुले भरपुर मनोरञ्जन गरिएको देखिन्थे ।

सामाजिक अभियान्त तथा उक्त कार्यक्रमका सञ्चालिका यङजोम शेर्पाले सञ्चालन गर्दै आएका सामाजिक कामको हौसला स्वरुप उपस्थित दर्शकहरूले केही रकम आर्थिक स्वरुप सहयोग गरेको थियो भने कार्यक्रममा नेपालबाट अमान्त्रित सबै कलाकारहरुलाई खादा लगाएर कदरपत्रले सम्मान समेत गरेको हो ।




प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले भन्यो, ‘अहिलेसम्म पक्राउ परेका छैनन्’

थरीथरीका आन्दोलनले काठमाण्डौको जनजीवन प्रभावित, मुख्य सडकमार्गमै हप्तौंदेखि अवरोध
Loading...

