भोजपुर सेवा समाज कुवेतद्वारा ५ वटा स्टेचर बितरण
कुवेत – भोजपुर सेवा समाज कुवेतले जिल्लाको बिकट ५ वटा गाउँको लागि १/१ वटाको दरले ५ वटा स्टेचर बितरण गरेको छ।
जिल्लाको साल्पा सिलिछो गाउँपालिकाको वडा नम्बर ५ अन्तरगत्को तल्लो बिङमा, माथिल्लो बिङमा, पङ्खथला, तेन्दो र बाक्सिन्दा गाउँहरुबाट गाउँमा स्टेचर नहुदा बिरामीहरुलाई अस्पताल सम्म लैजान कठिन भएको, छिमेकी गाउँमा माग्न जादा समेत नदिने गरेको कारण त्यहाँका जनताहरु समस्यामा परेको भोजपुर सेवा समाज कुवेतमा मौखिक निवेदन आएपछि उक्त गाउँहरुलाई २६ हजार रुपैयाँ बराबरको स्टेचरहरु अभियान्ता दालाक्पा शेर्पाको हातबाट वितरण गरिएको संस्थाका अध्यक्ष कोशराज राईले जानकारी गराएका छन् ।
स्टेचर हस्तान्तरणको मिति पहिले नै तय गरिएको भएपनि उक्त वडाका अध्यक्ष शिबकुमार राईको कार्यब्यस्तताको कारण तोकिएको समयमा हस्तान्तरण हुन नसकेपछि कारण अभियान्ता दालाक्पा शेर्पाको हातबाट उक्त स्टेचरहरु बितरण गरिएको हो।
समाजले आफ्नो स्थापना कालदेखि नै जिल्ला भित्र र जिल्लाहरुमा बाहिर समेत गरि विभिन्न पीडितहरुको सहयोगमा र रचनात्मक सहयोगका लागि लाखौं रुपैयाँ बराबरको आर्थिक सहयोग गरिसकेको छ।
गतवर्ष मात्रै सोही वडाकी पङ्खाथलाकी क्यान्सर पीडित साङ्गे ओङ्मु शेर्पालाई २३ हजार रुपैयाँ (यधपी बचाउन नसकिएको) र सोही वडाको च्याक्सिला स्थित श्री लक्ष्मी साल्पा आधारभूत विध्यालयलाई भौतिक पुर्वाधार निर्माणको निम्ति १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो।
आगामी दिनहरूमा अन्य गाउँपापालिकाहरुबाट पनि सहयोगको निवेदन आएमा बिचार गरिने समेत अध्यक्ष राईले जानकारी गराएका छन् ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै