धुर्मुस-सुन्तली फाउण्डेसनमा जागिर खुल्यो
काठमाडौँ । हाँस्य कलाकार सीतारम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को धुर्मुस सुन्तली फाउण्डेसनमा जागिर खुलेको छ। केही समय अगाडि मात्रै चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको धुर्मुस-सुन्तली फाउण्डेसनले विभिन्न २३ विधामा कामदार माग गरेको छ।
फाउण्डेसनले खुल्ला गरेका पदहरुमा प्रोजेक्ट म्यानेजर, कन्स्ट्रक्सन म्यानेजर, अफिस म्यानेजर, कम्युनिकेसन म्यानेजर, मार्केटिङ म्यानेजर, एचआर म्यानेजर, फाइनान्स म्यानेजर, प्रोडक्सन म्यानेजर, आईटी म्यानेजर, सोसल मिडिया एक्स्पर्ट, सिभिल तथा आर्किटेक इञ्जिनियर, साइट इञ्चार्ज, इन्टेरियर डिजाइनर, एक्जिक्युटिभ सेक्रेटरी, आईटी अफिसर, पब्लिक रिलेसन अफिसर, क्यामरा पर्सन, एक्जिक्युटिभ असिस्टेन्ट लगायतका २३ शीर्षकमा आवेदन खुलाएको हो।
आवेदन भर्न चाहने नेपालीहरुले https://merojob.com/project-manager-269/ मा गएर आवेदनभर्न सकिने छ । जागिरका लागि आवेदन दिँदा आफूले लिन चाहेको मासिक तलब पनि उल्लेख गर्नुपर्ने बताइएको छ।
March 5, 2019 11:30 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :