प्रयास जारी छ भनिरहने राजेश हमालको बच्चा नजन्मिनुको कारण यस्तो रहेछ ! हेर्नुहोस भिडियो सहित
३ सयको हाराहारि चलचित्रमा काम गरेका अभिनेता राजेश हमालको छुट्टै शान छ । इज्जत छ । कहिल्यै बिबादमा नफस्ने हमालका हरेकजसो विषय मिडियामा राम्रै मसाला बन्ने गरेका छन् । बिहे नहुँदा सम्म किन बिहे भएन भन्ने प्रश्नको सामना गरिरहेका हमाललाई आजभोली भने अर्को एउटा प्रश्नले तनावमा पार्ने गरेको छ ।
सकेसम्म मिडियासँग दुरी राखेर हिड्ने हमालले दिने प्रश्नको जवाफ शैली पनि अचम्मको छ । ३ वर्ष अघि बिराटनगरकी मधु भट्टराईसँग लामो समयको प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरेका ५५ बर्षिय हमालले बास्तवमा किन सन्तान जन्माउने सोचेका छैनन त ? हालै कान्तिपुरका रामजी ज्ञवालीसँगको कफि गफमा उनले यो प्रश्नको जवाफ दिएका छन् ।
हिजो तपाइहरुलेनै निरन्तर किने विहे भएन भने वाक्क पार्नुभयो, विहे गरियो अहिले फेरी अर्को प्रश्नले तनावमा पार्नुभयो, लामो हाँसोकाबिच हमालले भने, ‘बास्तवमा यो विषय मेरो श्रीमती मधु र मेरो नितान्त व्यक्तीगत निर्णय हो, सोहि कारण अहिले भ्रर्खरै बच्चा जन्माउने निर्णय नगरेका हौैं ।’
हमाल पत्नी मधुले कहिलेकाहि बच्चाको आशा त पक्कै राख्छिन् होला । अभिनेता हमाललाई पनि बा बन्ने इच्छा त मरेको छैन होला । तर, उनले सन्तान जन्माउने विषयमा अहिले भ्रर्खरै केहि पनि कल्पना नगरेको जवाफ दिएर पन्छिए । तर हमालले सवै दम्पत्तीले आफुले जस्तै वच्चा नजन्माएर बस्न नहुने तर्क राख्छन् । ‘मधु र मेरो विचार अनुसार अहिले भ्रर्खरै बा–आमा नबन्ने सोचेका हौं, मलाई लाग्छ मधुलाई सायद सन्तानको पिरलो छैन जस्तो लाग्छ’, हमालले भने ।
हमालले आफ्नो एकल निर्णयले दाम्पत्य जिवन नचल्ने र श्रीमती मधुले चाहना नगरेसम्म बच्चा नजन्माउने बताए । यो उमेरमा पनि बच्चा नजन्माउदा धेरैलाई अचम्म लाग्न सक्छ, उनले थपे, ‘एउटा परिपक्क उमेरमा हरेक दम्पत्तीले बच्चा जन्माउनैपर्छ, सायद हामी पनि कसैका अभिभावक त बन्नेछौं, तर अहिले यो डिसिजन गरेका छैनौं ।’ हमालसँग गरिएको पुरा गफका लागी तलको भिडियो हेर्नुहोस
March 5, 2019 12:41 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।