मृतक अमृताको परिवारलाई एनआरएनए कुवेतद्वारा आर्थिक सहयोग
कुवेत – एनआरएनए एनसिसि कुवेतद्धारा पाल्पा जिल्ला रैनादेबी छहरा गाउँपालिका –४ घर भई घरेलु कामदारको रुपमा कुवेतमा कार्यरत रहेको अबस्थामा मृत्यु भएकी अमृता दमाईकी परिवारलाई आर्थिक सहयोग गरेकोे छ । आमाको मृत्यु पश्चात अबिभाबक बिहिन भएका बच्चाहरुलाई केहि हद सम्म भए पनि राहत होस भन्ने उदेश्यले उक्त आर्थिक सहयोग गरिएको एनसिसि कुवेतका अध्यक्ष सुमित्रादेबी पौडेलले बताएकी छिन ।

एनसिसि कुवेतको राहत कोषबाट कुवेती दिनार १३७ केडि ६६० फिल्स अर्थात नेपाली रुपैया ५१,००० (एकाउन्न हजार रुपैया) मृतकका आफन्त विष्णु दर्जीलाई BEC Money Exchange मार्फत उक्त सहयोग रकम एनसिसि कुवेतले पठाएको थियो । मृतकको शब नेपाल पठाउन समस्या भएको समाचार बाहिर निस्केपछि एनसिसि कुवेतले त्यस बिषयमा चासो लिएको थियो तर अन्तत नेपाली दुताबास कुवेतले नै मृतकको शब नेपाल पुर्याउने सम्पुर्ण ब्यवस्था मिलाएको थियो ।
March 6, 2019 12:13 am | Uncategorized,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह