नारीको यस्तो दयानीय अवस्था रहँदा सम्म करोडौका कार्यक्रम गरेर मनाईने नारी दिवसको के अर्थ ?
आज अन्र्तराष्ट्रिय नारी दिवस विश्वभरी विभिन्न कार्यक्रमगरी मनाईदैछ । नेपालमापनि सार्वजनिक विदा नै दिएर सरकारी तवरमा धुमधामका साथ करोडौका कार्यक्रम गरेर मनाईदैछ । तर दुर दराजमा भएका महिलाहरुले आज नारी दिवस थाहा नैं पाएका छैनन् ।
नेपालको सहरी क्षेत्रमा विशेष गरेर कुनै सभा सम्मेलन गरेर मनाइने यस्ता दिवसहरुले त्यो बेला कुनैं अर्थ हुँदैन । गाउँमा आज पनि दाउजोको निहुँमा नारी जलाइएको छ, बोक्सीको आरोपमा अमानवीय व्यवहार भएको छ ।
छाउपडीका नाममा नारीलाई अकालमा नैं मर्न बाध्य पारिएको छ । दिवसको अर्थ त्यो बेला साध्य हुन्छ, जब गाउँ–गाउँमा नारी पिडा मुक्त हुन्छन् । अभाप मुक्त हुन्छन् । यदाकदा भएका पिडाका पिडितहरुले न्याय पाउँछन् ।
न्याय दिन नसके पनि चेतना दिनुपर्ने सबैंको दायीत्व जस्तैं हो । अर्को फरक प्रशंग, इँटा भट्टाको गेटमै लेखिएको छ ‘बाल श्रममुक्त छ ।’ खेतमा लहरै सुकाइएका छन् काँचो इँटा । बन्दै गरेका इँटाका आकार असरल्ल छन् ।
इँटाकै चाङ लगाएर बनाएका झ्यालीहरु (एककोठे छाप्रो) देखिन्छ । टुक्रिएका इँटाको धुलोमा दुई वर्षदेखि १२ वर्षसम्मका बालबालिका खेलिरहेका हुन्छन् । च्यातिएको एकसरो लुगामा रहेका उनीहरुका खुट्टामा चप्पल हुँदैन । उनीहरु इट्टा बोकिरहेका हुन्छन् ।
कुनै बालबालिकाले ठुला मान्छेका चप्पल लतारिरहेका देखिन्छन् । कतिपयले त कट्टु पनि लगाएका हुँदैनन् । उनीहरु स्कुल जान पाएका छैनन् । आमाबाबुलाई स्कुल पठाउनु पर्छ भन्ने चेतना नैं छ । भक्तपुर चाँगुनारायमा रहेको कुमारीमाता इँटा भट्टाको दृष्य हो यो ।
भट्टामा सबै मजदुर व्यस्त छन् । कोही इँटा पकाउँदैछन् त कोही इँटा बोकेर ट्याक्टरमा लोड गर्दैछन् । मजदुरका दैनिकी दुःखपूर्ण हु्न्छ नै हुन्छ । यी बालिकालाई हुर्काइरहेकी आमा अर्थात नारीको जीवन झनै सकसपूर्ण छ ।
उनीहरुलाई सास धान्नसँग मात्रै सरोकार छ । परिवारलाई दुई छाक पेटभरि खुवाउनु छ । कसैकसैलाई भने गाउँमा रहेका छोराछोरीका लागि किताबकापी किनिदिनु छ ।
यस्तो दयनीय अवस्था भएको ठाउँमा कुनै पनि दिवसको कुनै अर्थ छैन् । आज पनि गाउँमा यस्ता महिलाहरु धेरैं भेटिन्छन्, जसलाई नेपालको राष्ट्रपति, प्रधानमन्त्री यहाँसम्म कि आफैंले भोट दिएर पठाएको नेतासम्म थाहा हुँदैन । उनीहरु आफ्नो पौरखमा विश्वास गर्छन ।
उनीहरुका नाममा शहरमा ठुलाठुला पाँच तारे होटेलहरुमा गोष्ठी गरिन्छ् । तर, शहरमा हुने यस्ता सभा सम्मेलनहरुले ति महिलाहरुलाई कहिल्लैं छुन सकेको छैन । सामाजिक, आर्थिक, तथा धार्मिक कारणले गर्दा आज पनि महिलामाथि दमन भइरहेको छ । यस कुरामा सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक देखिएको छ ।
March 8, 2019 12:36 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह