जम्मू–कश्मीरबाट आतंकवादीले गरे भारतीय सेनाका एक जवानको अपहरण
7 years अगाडी
Susma Dhakal
भारतको जम्मू–कश्मीर राज्यको बडगामबाट शुक्रबार साँझ आतंकवादी संगठनले भारतीय सेनाका जवान मोहम्मद यासीन भटलाई अपहरण गरेको छ ।
एक महिनाको बिदा लिएर आफ्नो गाउँ काजीपोरा चादूरा आएका यासीनलाई उनकै घरबाट अपहरण गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनको खोजी कार्य जारी रहेको पनि प्रहरी अधिकारीहरुले जनाएका छन् ।
पुलवामामा आतंकवादी आक्रमण भएपछि भारत–पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण अवस्था रहेकै अवस्थामा यासीनको अपहरण भएको हो ।
गएको वर्ष जुन महिनामा भारतीय सेनाका जवान औरंगजेबको अपहरणपछि हत्या भएको थियो । जम्मू–कश्मीरको पुंछमा घर भएका औरंगजेबलाई यात्राकै क्रममा अपहरण गरिएको थियो । इद मनाउन घर फर्किरहेका बेला उनलाई बाटोबाटै आतंकवादीहरुले अपहरण गरेका थिए । पछि उनको शव भेटिएको थियो ।
March 9, 2019 11:00 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
Loading...