जम्मू–कश्मीरबाट आतंकवादीले गरे भारतीय सेनाका एक जवानको अपहरण
7 years अगाडी
Susma Dhakal
भारतको जम्मू–कश्मीर राज्यको बडगामबाट शुक्रबार साँझ आतंकवादी संगठनले भारतीय सेनाका जवान मोहम्मद यासीन भटलाई अपहरण गरेको छ ।
एक महिनाको बिदा लिएर आफ्नो गाउँ काजीपोरा चादूरा आएका यासीनलाई उनकै घरबाट अपहरण गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनको खोजी कार्य जारी रहेको पनि प्रहरी अधिकारीहरुले जनाएका छन् ।
पुलवामामा आतंकवादी आक्रमण भएपछि भारत–पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण अवस्था रहेकै अवस्थामा यासीनको अपहरण भएको हो ।
गएको वर्ष जुन महिनामा भारतीय सेनाका जवान औरंगजेबको अपहरणपछि हत्या भएको थियो । जम्मू–कश्मीरको पुंछमा घर भएका औरंगजेबलाई यात्राकै क्रममा अपहरण गरिएको थियो । इद मनाउन घर फर्किरहेका बेला उनलाई बाटोबाटै आतंकवादीहरुले अपहरण गरेका थिए । पछि उनको शव भेटिएको थियो ।
March 9, 2019 11:00 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...