सन्दीप लामिछानेको टोली लाहोर कलन्दर्सले आज इस्लामाबाद युनाइटेडसँग प्रतिस्पर्धा गर्दै
7 years अगाडी
Susma Dhakal
पाकिस्तान प्रिमियर लिग (पीएसएल) अन्तर्गत नेपाली युवा स्टार सन्दीप लामिछानेको टोली लाहोर कलन्दर्सले आज इस्लामाबाद युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल नेपाली समयअनुसार बेलुका साढे आठ बजे सुरु हुनेछ । प्लेअफमा स्थान बनाउन लाहोर र इस्लामाबाद दुवैका लागि यो खेल उत्तिकै महत्वपूर्ण छ । लिगमा इस्लामाबादको यो अन्तिम खेल हो भने लाहोरको अझै एक खेल बाँकी छ ।
९ खेलबाट इस्लामाबादको ८ र ८ खेलबाट लाहोरको ६ अंक छ । लाहोर साविक विजेता इस्लामाबादसँग पहिलो लेगमा ५ विकेटले पराजित भएको थियो । बाँकी दुवै खेल जितेर प्लेअफमा पुग्ने लक्ष्यसहित दुवै टोली कराँची पुगेका छन् ।
यूएईमा जारी प्रतियोगिताका बाँकी दुई खेल लाहोर टिमले कराँचीमा खेल्नेछ । यसअघिको खेलमा पेशावर जाल्मीबिरुद्ध विकेट लिन नसकेका सन्दीपले ५ खेलमा १० विकेट लिइसकेका छन् ।
March 9, 2019 11:03 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
Loading...