खुट्टैले खाने खुट्टैले लेख्ने ! यस्तो अवस्थामा आमाले छोडिन्, यति राम्री पवित्राको दुवै हात छैनन् (हेर्नुहोस् भिडियो)
१२ बर्षकी पवित्रा विक । बाबा ममीको काखमा बसेर खेल्ने पढ्ने उमेरकी । साथीभाईसँग रमाईलो गर्ने बेलाकी । तर यी सबै रहर उनका लागि रहरमै सिमित छन् । अहिले उनलाई उनका दुई हातको साथ मात्रै होईन बाबा ममीको अपार माया पनि चाहिएको छ ।
पवित्राको लागि उनका दुई हात मात्रै होईन आँफैलाई जन्मदिने बाबा ममिको काख पनि अहिले टाढा छ । ममि कृष्णा विक पैसा कमाउन विदेश गएकी छन् । बाबा ओम बहादुर विक गाडी चलाउने काम गर्छन् । दुबै जना पवित्रा भन्दा टाढा छन् । पोखरा बसाईंको रुट पर्दा बाबा पवित्रालाई भेट्न आउछन् तर ममीसँग भेट नभएको बर्षौ भयो ।
उनि अहिले ७४ वसन्त पार गरेकी हजुरआमासँग बस्दै आएकी छन् । ‘बाबा आउँदा मिठामिठा खानेकुरा ल्याईदिनुहुन्छ’ उनले भनिन्, ‘ममिसँग बेलाबेलामा कुरा भईरहेको छ ।’ कुरा गर्दागर्दा हजुरआमाको मोवाईलमा फोन आयो । पवित्राले फोन रिसिभ गरिन् । ममीको जस्तो आवाज लागेर निकै खुसी हुँदै कुरा गर्न तम्सिन् । तर कसैले गलत नम्वर डायल गरेछ । ममीसँग बोल्ने उनको रहर एकाएक चकनाचुर भयो । उज्यालो अनुहार त्यसै मिलन बन्दै गयो ।
पवित्रा पोखराकै एक स्थानीय बिद्यालयमा कक्षा पाँचमा पढ्दैछिन् । उनी शारिरीक रुपमा अशक्त छिन् । खुट्टाले लेख्छिन् । खुट्टाले कति राम्रो चित्र कोर्छिन् । सामान्य रुपमा हामीले दुई हातले गर्ने कतिपय काम उनी खुट्टाले नै गर्छिन् । सामान्य मान्छेको दाहिने हात सकृय भए जस्तै गरी उनको भने देब्रे खुट्टा सकृय हुन्छ । उनी देब्रे खुट्टाले नै लेख्छिन् । खुट्टैले खाने खुट्टैले लेख्ने ! यस्तो अवस्थामा आमाले छोडिन्, यति राम्री पवित्राको दुवै हात छैनन्…हेर्नुहोस् भिडियो
March 13, 2019 10:30 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।