Thursday 28th August 2025

यी बहादुर नेपाली जसले एक्लै ३० जना आतंकवादी मारिदिए, यस्तो छ उनको वीरताको कथा !

6 years अगाडी

आज पुरै विश्वमा आतंकविरोधी मिसनहरु चलिरहेका छन् । हतियारका भरमा आतंकवादीहरु आफ्नो माहौल बनाउने रणनीतिमा रहेका छन् । आतंकवादीहरुका कारण प्रायः अधिंकाश देशहरुमा भयावह अवस्था रहेको छ । यी आतंकवादीहरुलाई तह लगाउन सैनिक जवानहरु आफ्नो ज्यानको माया मारेर रणभूमिमा उत्रिएका हुन्छन् । सुरक्षा बलका कारण देशका जनताहरुले राहतको महसुस गर्छन्। तर, केही यस्तै घटना भएका छन् जसले आतंकवादीहरुको साहसलाई एक सैनिकले नै चुरचुर पारिदिएका छन् ।

यस्तै एउटा परिस्थितिको सामना एक जना गोरखा सैनिकले अफगानिस्तानमा अनुभव गरे । आतंवादीहरुको बीचमा फसेका सैनिक जवान दीप प्रसाद पुनले ठूलो साहस देखाउँदै तालिवानी लडाकुलाई घुलो चटाउन सफल भए । विषम परिस्थितिमा आफुलाई सम्हालेका उनले ३० जना तालिवानी लडाकुलाई मार्न सफल भएका थिए । दीपप्रसाद आफ्नो चौकीमा एक्लै तैनाथ रहेका थिए । तालिबानी लडाकुहरुले उनको चौकीलाई चारै दिशाबाट घेरेका थिए ।

जब दीपप्रसादले आफु चौतर्फी रुपमा घेरिएको थाहा पाए तब उनले दह्रो मनोबल पार्दै उनीहरुसँग भिड्ने निर्णय लिए । दुवैतर्फबाट गोली हानाहान भयो । उनले ग्रेनेड फाले । ग्रेनेड र राइफलको प्रयोग तालिवानी लडाकुले पनि गरे । तालिवानी लडाकुलाई उनले पनि आफुसँग भएका हतियारले कडा जबाफ दिए । उनको मद्दतका लागि अन्य सेना आइपुग्दा उनले ३० जना तालिवानी लडाकुलाई मारिसकेका थिए ।

फस्ट बटालियन गोर्खा राइफल्समा कार्यरत सैनिक जवान दीप प्रसाद पुनलले सन् २०१० सेप्टेम्बर १७ को राति अफगानिस्तानमाको हेल्मन्ड प्रान्तको बाबुजी एरियामा खटिएका बखत देखाएको त्यो अदम्य साहसको आज पनि विश्वभर उत्तिकै चर्चा हुने गरेको छ । उनको जन्म म्याग्दीको पश्चिम बिम गाबिसमा भएको हो । बेलायती सेनामा आवद्ध उनले शान्ति सेनाको रूपमा अफगानिस्तान कार्यरत छँदा उक्त बहादुरी देखाएका हुन् ।

करिब १५ मिनेटको भिडन्तमा दिप प्रसाद पुनले ३० जना भन्दा बढी तालीवानीहरुलाई धुलो चटाएका थिए । उनको साहसको कदर गर्दै बेलायतकी महारानीले भिक्टोरिया क्रस सम्मान गरेकी प्रदान गरेकी थिइन्। ‘आफू मर्नुभन्दा पहिले सकेसम्म धेरैलाई मार्नुपर्छ भन्ने दृढ निश्चयका साथ लडिरहें’ उनले बताएका थिए । सन् २००० मा बेलायती सेनामा भर्ती भएका पुनका हजुरबा र बाबु पनि बेलायती सेनामै कार्यरत थिए । पुनको बहादुरीको प्रशंसा गर्दै बेलायती सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका थिए ।

          March 13, 2019 10:55 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...