यसरि भएको थियो फोनमा धेरै बोलिने ‘हेल्लो’ शब्दको सुरुवात ?
फोनमा कुरा गर्दा सबैभन्दा सुरुमा भनिने शव्द‘हेल्लो’ को सुरुवात कसले गर्यो होला ? किन अभिवादनका अन्य शव्दहरु हुँदाहुँदै पनि हेल्लो शव्दकै प्रयोग गरिन्छ होला टेलिफोन संवादमा ? वास्तवमा हेल्लो शब्दको आविष्कार मानिसहरुबीचमा आपसी कुराकानीलाई बढावा दिनका लागि भएको थियो ।
यो शव्द अहिले सायद विश्वको सबैभन्दा साझा शव्द बनेको छ र विश्वका धेरै भाषाले यो शव्दलाई स्वीकारेका छन् । सन् १९७३ को नोभेम्बर २१ मा विश्वमा पहिलेपटक विश्व हेल्लो दिवस मनाइएको थियो ।
फोनमा कसैसँग सम्पर्क गर्दा सुरुमा हेल्लो भन्ने चलनको सुरुवात टेलिफोनका आविष्कारक ग्राहम बेलसँगै जोडिएको छ । उनले केवल फोनको आविष्कार मात्र गरेनन् , फोनमा बोलिने यो भाषाको पनि आविष्कार गरे । वास्तवमा बेलकी प्रेमिकाको नाम मार्गरेट हेल्लो थियो । उनी प्रेमिकालाई निकै माया गर्थे र हेल्लो भनेर बोलाउँथे ।
त्यसैले जब उनले फोनको आविष्कार गरे उनको मुखबाट उत्साहपूर्वक पहिलो शव्द निस्कियो हेल्लो । उनले फोनमा पहिलोपटक हेल्लो शव्द उच्चारण गरे, जुन एउटा मानक बन्यो । तर कतिपयको भने तर्क अलग छ । उनीहरुका अनुसार हेल्लो शव्दको उत्पत्ति फ्रेन्च शव्द होल बाट भएको हो । जसको अर्थ होल्ड गर्नुस् भन्ने हुन्छ ।
March 13, 2019 12:33 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप