हेर्नुहोस् २०७६ मा कुन कुन राशीलाई छ साँढेसाती दशा !
ग्रह र राशीेले व्यक्तिको जीवनमा निकै असर पुर्याएको हुन्छ । त्यस्तै राशीअनुसार पर्ने ग्रहले पनि व्यक्तिको जीवनमा उत्तिकै प्रभाव पारेको हुन्छ । पृथ्वीमा भएको ९ ग्रह मध्ये शनिलाई न्याय दिने ग्रहको रुपमा लिइन्छ ।
शनि २०७६फगुन ३ गतेबाट धनु राशीमा र फागुन ४ गतेबाट मकर राशीमा प्रबेश गर्ने हुनाले केही राशीहरुलाई साँढेसाती शनिको प्रभाव परेको छ ।
१.मकर राशिः मकर राशी भएका व्यक्तिहरुलाई वर्षभरि आधार मध्ये तीर साँढेसाती दशा रहेको छ ।
२.धनु राशि : यो राशी भएका व्यक्तिलाई वर्षको मध्य र अन्त्य साँढेसाती दशा रहेको छ ।
३.बृश्चिक राशि : यो राशीका व्यक्तिको लागि फागुन ३ गतेसम्म र अन्त्यमा साँढेसाती दशा रहेको छ ।
४.कुम्भ राशि : फागुन ४ गतेबाट आद्य साँढेसाती दशा सकिनेछ ।
५.वृष र कन्या राशि : यी दुई राशी भएका व्यक्तिमा फागुन ३ गतेबाट अढैया शनि दशा रहनेछ ।
६.मिथुन र तुला राशि : फागुन ४ गतेबाट अढैया शनि दशा रहनेछ ।
हेर्नुहोस् यस्तो हुन्छ शनिको फल : शनिको दशा रहेको छ भने झुटा आरोपहरु लाग्ने कार्यमा ढिलासुस्ती मानसम्मान तथा इज्जतमा अघात पुग्ने मानसिक चिन्ता बढ्ने र स्वास्थ्य सम्बन्धि समस्याहरु देखापर्ने छ । शरिरमा आलश्यता बढेर जाने, चोटपटकको भए हुने, आर्थिक स्थिती कमजोर बन्दै जाने जस्ता समस्याहरु साँढेसाती अढैया शनिले व्यक्तिमा पर्ने प्रभाव हुन् ।
यद्यपी तपाईको जन्मकुण्डलीमा शनि ग्रह स्वगृही , मित्रगृही, उच्च राशी र ३, ६, ११ भवमा शनि भएमा शनिको नकारात्मक फल लाग्ने छैन् । यदि जन्मकुण्डलीमा शनिको ग्रह स्वगृह, उच्च तथा ३, ६, ११ भावमा रहेको छ भने शुभ फल प्राप्त हुनेछ । अक्सर शनिको साँढेसाती दशाको प्रभावबाट बच्नको लागि देवि पुजा, शनिमुद्रिका धारण, शनिस्तोत्र पाठ, पीपलमा जल चढाउने गर्नाले शनिको दशा हटेर जानेछ ।
March 13, 2019 4:21 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो