महिला साफ च्याम्पियनसिपः बंगलादेश र नेपाल भिड्दै
काठमाडौं, २ चैत । महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । यसअघि, शुक्रबार भएको खेलमा श्रीलंका र भारत सेमिफाईनलमा प्रवेश गरेका छन् ।
विराटनगरको सहिद रंगशालामा श्रीलंकाले माल्दिभ्सलाई २–० ले पराजित गरेसँगै समूह बी बाट सेमिफाईनल पुग्ने दुई टोलीको टुङ्गो लागेको हो । समुह चरणका दुवै खेलमा पराजित हुँदै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको समूह ‘ए’ को अन्तिम खेलमा शनिबार बंगलादेशसँग खेल्दैछ ।
आजको खेलमा प्रशिक्षक हरि खड्काले भुटानविरुद्ध उत्रिएको पहिलो रोजाइमा एक खेलाडी परिवर्तन गर्ने सम्भावना रहेको छ । अमृता जैशीलाई पुनम जर्घा मगरले पुनर्स्थापित गर्ने सम्भावना रहेको बताइएको छ ।
नेपालले बंगलादेशविरुद्ध हालसम्म ५ खेल खेलेको छ जसमा ४ जित र १ बराबरी रहेको छ । यसक्रममा नेपालले दुई पटक ३-० र दुई पटक १-० को जित दर्ता गरेको छ । पछिल्लो पटक म्यानमारमा भएको ओलम्पिक छनोटमा दुई टोलीले १-१ को बराबरी खेलेका थिए ।
March 16, 2019 10:56 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार