नेपाल र कुवेतको मैत्रीपूर्ण फुटबल खेल २१ मार्चमा हुँदै
7 years अगाडी
Nepal Drishti
जय आले कुवेत
१७ मार्च २०१९ । नेपालको राष्ट्रिय टिम कुवेतमा मैत्रीपूर्ण फुटबल खेल खेल्न आउने भएको छ ।
श्रोतका अनुसार २० मार्च २०१९ बुधवार, कतार एअरवेजको फ्लाईट नं. QR१०७६ बाट बिहानको ठिक ०४.०० बजे खेलाडिहरुको कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा आगमन हुनेछ भने २१ मार्चको बेलुकी कुवेतसँग फ्रेण्डली म्याच(मैत्रीपूर्ण खेल) हुने बताईएको छ ।
माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले फुर्सद हुने कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त समयमा कुवेत बिमानस्थलमा उपस्थित भई देशका राष्ट्रिय खेलाडिहरुको स्वागत गर्न हार्दिक अनुरोध गरेको छ ।
यसैगरी, २२ मार्चमा हुने क्लवको १७औं माउण्ट एभरेष्ट एम.बी. बमजन गोल्ड कपमा समेत राष्ट्रिय खेलाडिहरुलाई सकेसम्म उपस्थित गराउने क्लवले जनाएको छ ।
March 17, 2019 11:20 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...