Wednesday 27th August 2025

सांसद शान्ता चौधरी एसईई परीक्षा दिँदै

6 years अगाडी

दाङ  – नेकपाकी सचेतक समेत रहेकी सांसद शान्ता चौधरी आजदेखि सुरु भएको एसर्ईई परीक्षामा सहभागी हुनु भएको छ । 

दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरबाट उहाँले परीक्षा दिनुभएको छ । २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उहाँको औपचारिक कक्षाको पढाइ सुरु भएको थियो ।

उहाँ कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सक्नु भएन । उहाँ खुला विद्यालयमा भर्ना हुनुभएको हो । उहाँकी छोरी १७ वर्षीया विनु पनि एसईई परीक्षामा सहभागी भएकी छिन् ।

          March 24, 2019 11:06 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...