एसईई दिँदै दुवै हातका औंलाहरु होईन हत्केला नै नभएकी १६ वर्षीया सविता !
यस वर्ष एसईई दिइरहेका देशभरका कूल ४ लाख ७५ हजार ३ परीक्षार्थीमध्येकी एक हुन् सविता थापा । तर, उनी अरुजस्तै सामान्य अवस्थाकी परीक्षार्थी भने होइनन् । १६ वर्षीया सविताका दुवै हात ‘अधुरा’ छन् । अरुको जस्तो कलम च्याप्ने औंलाहरु छैनन् । दुवै हात कुहिनोभन्दा तल काटिएका छन् ।
उनी दुवै हातलाई आपसमा जोडी कलम च्यापेर लेख्ने गर्छिन् । यसरी नै लेखेर एसईईसम्म आएकी हुन् ।त्यसो त ४ वर्षअघिसम्म सविता सामान्य थिइन् । त्यतिबेला उनका दुवै हात र औँलाहरु सकुशल थिए । डाक्टर बन्ने सपना पालेकी थिइन् । तर, सात कक्षामा पढ्दै गर्दा उनले आधा हात र औँलाहरु गुमाइन् । स्कुल ड्रेस सुकाउने बेला सवितालाई करेन्ट लागेको थियो ।
दुवै हातको आधा भागसँगै उनका जीवनका सबै सपनाहरु त्यही करेन्टले खोस्यो । तर, खगेन्द्र नवजीवन विद्यालयले सविताको सपनाहरु विस्तारै फर्काउन थाल्यो । त्यसैको परिणाम उनी काठमाडौंको चामुण्डा माध्यामिक विद्यालयमा एसईई दिँदैछिन् । एसईईपछि साइन्स पढ्ने चाहना छ उनको । त्यसैले एसईईको लागि खुब मेहनत गरेकी छिन् ।
शनिबार दिउँसो काँडाघारीस्थित उनको डेरा पुग्दा खटियामाथि घुँडा टेकेर लेख्नमा तल्लिन थिइन् सविता । बाबु(आमा फलफूल पसलमा गइसकेका थिए । घरदेखि केही पर ‘सरिता फलफूल’ पसल छ, दिनभर त्यही ब्यस्त हुन्छन्, उनका बाबुआमा । त्यसैले, सविता सरासर भान्सामा पुगिन् र चिया बनाउन थालिन् ।
तीनै हातले पानी खन्याइन्, अदुवा कुटिन्, चियापत्ति(चिनी राखिन् र चिया तयार पारेर स्वागत गरिन् । सविताले चिया मात्र तयार पार्ने होइन, आफैं नुहाउँछिन्, मोबाइल, कम्प्युटर चलाउँछिन् । आज एसईईको दिन । सविता विहान चार बजे नै उठिन् । आफैं पानी तताएर पिइन् । अनि नास्ता खाएर परीक्षाको तयारी गरिन् ।
हजुरआमाले रातो टीका लगाइदिएर आशिर्वाद दिइन् । सविताले फूलको गमलामा पानी हालिन् र प्रवेशपत्र समाएर बाबाको मोटरसाइकलको पछाडि बसिन् । बाबा भीम थापा भन्छन्, ‘छोरीलाई यो अवस्थामा ल्याएका लागि २८ लाखभन्दा बढी खर्च गरेको छु ।’यसपटक भने सविताको हात सुन्निएको छ । त्यसैले एसईईमा लेख्नका लागि उज्ज्वल चालिसेको सहयोग लिएकी छन् ।
March 24, 2019 3:41 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै