Wednesday 30th July 2025

एकदिनमै खोकी निको पार्ने दालचिनीका यी ६ फाइदा !

6 years अगाडी

दालचिनीमा औषधीयुक्त गुण पनि हुन्छ । दालचिनी र अलैँची दुबै मिसाएर प्रयोग गर्नाले पाचन क्रियामा र पोषणमा सहयोग गर्छ । दालचिनी विभिन्न रोगको औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ ।

मौसम तथा खानाको गडबढीबाट आकस्मिक रुपमा आइपरेका समस्या समाधान गर्न दालचिनीले सहयोग गर्छ । यसलाई मिलाएर खाना जानेमा दालचिनीका अनेक फाइदा छन् ।

वाकवाक लाग्दा :एउटा सानो टुक्रा दालचिनी मुखमा राखेर चुसिरहने । खासगरी गर्भावस्थामा, मोटर चढेको बेला, गर्मी बढी हुँदा दालचिनी चुस्दा फाइदा हुन्छ ।

झाडापखाला लाग्दा :एक चम्चा जिराको धुलो, एक चम्चा अदुवाको धुलो र एक चम्चा दालचिनिको धुलो महमा मिसाएर लेदोजस्तो बनाने, दिनको तीन चोटी एकएक चम्चा खाँदा फाइदा पुग्छ ।

मुख गन्हाउँदा :दालचिनीलाई मसिना टुक्रा पारेर एक चम्चा पानीमा भिजाएर उमाल्ने र त्यस पानीले बारम्बार मुख कुल्ला भिजाएर उमाल्ने र त्यस पानीले बारम्बार मुख कुल्ला गर्ने साथै मुखमा दालचिनी वा सुप राखेर चुस्दा मख गन्हाउने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

सुत्केरीको दूध बढाउन :आधा चम्चा दालचिनीको धुलो राखि एक कप दूधमा मिसाएर खाँदा फाइदा हुन्छ ।

खोकी लाग्दा :अदुवाको धुलो र एक चौथाइ चिया चम्चा दालचिनीको धुलो पानीमा पकाउने, पानी उमालेपछि कागती र मह पनि हालेर खादाँ स्वाद बढनुको साथै चिसो हटाउन पनि मद्धत गर्छ ।

चिसो लागेर घाँटी दुख्दा :आधा चिया चम्चा दालचिनी र आधा चिया चम्चा मरिच पानीमा मिसाएर उमाल्ने र मह र कागती मिसाएर पिउन घाँटी दुख्न कम हुन्छ ।

          March 29, 2019 11:32 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...