पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्वी नेपालको भ्रमण गर्दै , यस्तो छ तयारी
इलाम – पूर्व राजा ज्ञानेन्द्र शाह पूर्वको भ्रमणमा आउनु हुने भएको छ । आफ्नो निजी भ्रमणका लागि पूर्व राजा शाह चैत १७ देखि २१ गतेसम्म इलाम र पाँचथरको भ्रमणमा आउन लाग्नु भएको हो ।
पूर्व राजाले इलाम र पाँचथरका विभिन्न मन्दिरमा दर्शन र पूजाअर्चना गर्ने कार्यक्रम तय भएको पूर्व राजाको भ्रमणका लागि इलाममा गठन भएको भ्रमण व्यवस्थापन समितिले जनाएको छ । समितिका सदस्य हरि श्रेष्ठका अनुसार पूर्व राजा शाह १७ गते इलाम सदरमुकाम आएर बस्नु हुनेछ । १८ गते पाँचथर जाने र १९ गते फाल्गुनन्दको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।
फिदिम नगरपालिकामा नै रहेको शिव मन्दिरमा पूजा अर्चना गरेर बेलुका इलाम फर्कने कार्यक्रम तय भएको समिति सदस्य श्रेष्ठले जानकारी दिनु भएको छ । २० गते इलाम सदरमुकाममा रहनु हुने पूर्व राजा शाहले २१ गते किहान इलाम सदरमुकाममा रहेको माईस्थान मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
इलामको नवीनचोकबाट माईस्थान मन्दिरसम्म पूर्व राजा पैदल यात्रामा सहभागी हुने बताइएको छ । पूर्व राजाको साथमा उहाँका निजी स्वकिय सचिवसहित २२/२३ जनाको टोली रहने समितिले जानकारी दिएको छ ।
पूर्व राजाको भ्रमण व्यवस्थापनका लागि इलाममा ४२ जनाको भ्रमण व्यवस्थापन समितिसमेत गठन भएको छ । केही समयअघि पूर्व राजा ज्ञानेन्द्र तराई–मधेशको भ्रमणपश्चात काठमाण्डौ फर्किनु भएको थियो ।
March 30, 2019 12:22 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :