पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्वी नेपालको भ्रमण गर्दै , यस्तो छ तयारी
इलाम – पूर्व राजा ज्ञानेन्द्र शाह पूर्वको भ्रमणमा आउनु हुने भएको छ । आफ्नो निजी भ्रमणका लागि पूर्व राजा शाह चैत १७ देखि २१ गतेसम्म इलाम र पाँचथरको भ्रमणमा आउन लाग्नु भएको हो ।
पूर्व राजाले इलाम र पाँचथरका विभिन्न मन्दिरमा दर्शन र पूजाअर्चना गर्ने कार्यक्रम तय भएको पूर्व राजाको भ्रमणका लागि इलाममा गठन भएको भ्रमण व्यवस्थापन समितिले जनाएको छ । समितिका सदस्य हरि श्रेष्ठका अनुसार पूर्व राजा शाह १७ गते इलाम सदरमुकाम आएर बस्नु हुनेछ । १८ गते पाँचथर जाने र १९ गते फाल्गुनन्दको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।
फिदिम नगरपालिकामा नै रहेको शिव मन्दिरमा पूजा अर्चना गरेर बेलुका इलाम फर्कने कार्यक्रम तय भएको समिति सदस्य श्रेष्ठले जानकारी दिनु भएको छ । २० गते इलाम सदरमुकाममा रहनु हुने पूर्व राजा शाहले २१ गते किहान इलाम सदरमुकाममा रहेको माईस्थान मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
इलामको नवीनचोकबाट माईस्थान मन्दिरसम्म पूर्व राजा पैदल यात्रामा सहभागी हुने बताइएको छ । पूर्व राजाको साथमा उहाँका निजी स्वकिय सचिवसहित २२/२३ जनाको टोली रहने समितिले जानकारी दिएको छ ।
पूर्व राजाको भ्रमण व्यवस्थापनका लागि इलाममा ४२ जनाको भ्रमण व्यवस्थापन समितिसमेत गठन भएको छ । केही समयअघि पूर्व राजा ज्ञानेन्द्र तराई–मधेशको भ्रमणपश्चात काठमाण्डौ फर्किनु भएको थियो ।
March 30, 2019 12:22 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह