

डाक्टर श्रीमानको कुटाइबाट घाइते सुनीताको मृत्यु !

चिकित्सक श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी महिलाको उपचारका क्रममा निधन भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं २० स्थित हरपतगञ्जकी ४५ बर्षीया सुनीता यादवको शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।
सुनीता नारायाणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. सचितानन्द यादवको जेठी श्रीमती हुन् । उनलाई यादवले निर्घात कुटपीट गरेको आरोप माइती पक्षको छ ।
‘अपरान्ह उनको मृत्यु भएको खबर हामीलाई आएको छ’ उनले भने, ‘डा. एसएन यादवले आइरन तताएर डाम्नुको साथै निर्घात कुटपीट गरेको जानकारी हामीसँग छ । उनी र उनको परिवारका सदस्य विरुद्ध उजुरी पनि दिएका छौं । कडा कारबाही हुनुपर्छ ।’
डा. सचितानन्द वीरगञ्जमा डा. एसएन यादव नामले परिचित छन् । चैत ६ गते बुधबार होलीको दिन राति डा. यादवले वीरगञ्ज महानगरपालिका वडा नं २० स्थित हरपतगञ्जमा सुनितालाई निर्घात कुटपिट गरेको दाबी माइती पक्षले गरेका छन् ।
बिहीबार उनलाई अचेत अवस्थामा उद्दार गरेर उपचारका लागि गण्डक अस्पतालमा पुर्याइएको थियो । आईसीयूमा राखेर उपचार गर्दा पनि अवस्थामा सुधार नआएपछि चैत १२ गते थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
शुक्रबार अपरान्ह उनको निधन भएयको छ । उनका श्रीमान डाक्टर यादव प्रहरी नियन्त्रणमा छन् । स्वास्थ्य अवस्थामा समस्या देखिएपछि डा यादव नारायाणी अस्पतालको आईसीयुमा उपचाररत छन् । प्रहरीले पर्सा जिल्ला अदालतबाट पहिलोपटक पाएको तीन दिनको म्याद सकिएपछि दोस्रो पटक ७ दिनको म्याद पाएको छ ।
सुनीता यादवका माइती पक्षले डा सचितानन्द यादव, बुवा नागेन्द्र यादव, आमा आशादेवी र भाइ अचितानन्द यादवविरुद्ध चैत १२ गत नै मुद्धा दर्ता गराएका छन् । पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले प्रहरी नियन्त्रणमै उनको उपचार भइरहेको बताए । अन्य आरोपीको खोजी भइरहेको उनले बताए
March 30, 2019 12:44 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

