सन्दिप लामिछानेको दिल्ली क्यापिटल्स विजयी
काठमाडौँ, १७ चैत । इण्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले दोस्रो कठिन जित निकाल्न सफल भएको छ ।गएराति दिल्लीस्थित फिरोज कोट्ला स्टेडियममा भएको खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेको दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई सुपर ओभरमा पराजित गरेको हो ।
पहिलो व्याटिङ गरेको कोलकत्ताले १८५ रन बनाउन सफल भएको थियो । दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १८५ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।सुपर ओभरमा दिल्लीले १ विकेट गुमाएर १० रन जोड्दै कोलकत्तालाई ११ रनको लक्ष्य दिएको थियो । दिल्लीका ऋषब पन्तले ६ रन जोडे । जवाफमा कोलकत्ताले १ विकेट गुमाएर ६ रन मात्र जोड्न सक्यो । उसका आन्द्रे रसेलले ४ रन जोडे ।
दिल्लीका पृथ्वी शले ५५ बलमा ९९ रन जोडेर आउट भए । कप्तान श्रेयस आयरले ४३ जोडे भने शिखर धवनले १६ रनको योगदान गरे ।कोलकत्ताका कुलदीप यादबले दुई तथा लोक्की फेर्गुसन, आन्द्रे रसेल र पियुस चावलाले एक एक विकेट लिए ।
कोलकत्ताकालागि रसेलले ६२ रन, कप्तान दिनेशले ५० रन, क्रिस ल्यानले २० रन, पियुस चावलाले अविजित १२, रोबिन उथप्पाले ११ तथा कुलदीप यादबले अविजित १० रन जोडे ।
दिल्लीका हर्सल पटेलले २ तथा सन्दीप लामिछाने, अमित मिश्रा, कागिसो राबडा र क्रिस मोरिसले एकएक विकेट लिए ।कोलकत्ताविरुद्ध सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २९ रन खर्चिएर १ विकेट लिए । यस्तै सन्दीपले एक खेलाडीलाई रन आउट गराए ।
जितसंगै दिल्लीले ३ खेलबाट ४ अंक जोडेको छ । दिल्ली लिगको दोस्रो स्थानमा रहेको छ ।कोलकत्ताले भने पहिलो हार व्यहोरेको छ । अघिल्ला २ खेल जितेको कोलकत्ताको पनि ४ अंक रहेको छ । कोलकत्ता शीर्ष स्थानमा छ ।
March 31, 2019 3:09 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार