कुनै पनि नयाँ काम गर्नु भन्दा पहिले यस्ता कुराहरूमा ध्यान दिनुहोस
कुनै पनि नयाँ काम शुरु गर्नुअघि हामी प्रायः दुविधामा फँस्छौं – यस कामले सफलता देला कि नदेला।आचार्य चाणक्यका नीतिहरूलाई अनुसरण गर्दा चाहिँ कुनै दुविधा रहँदैन । चाणक्य प्राचीन भारतवर्षका बुद्धिमान्, चतुर र प्रसिद्ध अर्थशास्त्री थिए । उनले बताएका नीतिहरू अहिलेसम्म पनि सान्दर्भिक छन् ।
१ तीन सोच–कुनै पनि काम शुरु गर्नुअघि मनमा यी कुरा खेलाउनुपर्छ ः काम शुरु गर्ने समय र स्थान, तपाईंको सम्पत्ति र समर्थन गर्ने मानिसहरू ।
२ क्षमताको लेखाजोखा–काम गर्ने आफ्नो क्षमता छ कि छैन, त्यसको लेखाजोखा गर्नुहोला । गर्नुभएन भने तपाईं अवश्य खतरामा पर्नुहुन्छ ।
३ जिभ्रोमा नियन्त्रण–सफलता र असफलता जिभ्रो नियन्त्रणमा छ कि छैन भन्ने कुराले निर्धारण गर्छ । जति मीठो बोल्नुहुन्छ, तपाईंलाई त्यति धेरै फाइदा हुन्छ ।
४ दुश्मनलाई साथी बनाउने–मानिससँग राम्रो व्यवहार गर्नुभयो भने दुश्मन पनि साथी बन्छन् । यसो गर्नुभयो भने तपाईंलाई सफल हुनबाट कसैले रोक्न सकदैन ।
५ शरीरको हेरचाह==भगवानले दिएको उपहार हो शरीर । त्यसैले कुनै नयाँ प्रोजेक्ट शुरु गर्नुअघि आफू स्वस्थ छु कि छुइन हेर्नुस् ।
६ ज्योतिषीसँग परामर्श–काम शुरु गर्नुअघि विद्वान् ज्योतिषीसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।
७ पत्नीसँग सल्लाह–विवाह गरेका पुरुषले नयाँ काम शुरु गर्दा श्रीमतीसँग सल्लाह लिनु उपयुक्त हुन्छ । आखिर उनी जीवनसंगिनी हुन् । उनले उचित सल्लाह नै दिन्छिन् ।
८ रहस्य लुकाउनुस्–काम शुरु गर्नुअघि आफ्ना विचार कसैसँग पनि नबाँड्नुहोला । यसरी प्लान अरूलाई सुनाउँदा तपाईं कहिल्यै सफल हुनुहुन्न ।
९ अशिष्ट पनि बन्नुपर्छ–जिन्दगीमा सफल हुनका लागि तपाईंले कडा निर्णय पनि लिनुपर्ने हुन्छ । यसका लागि अशिष्ट व्यवहार गर्नुप–यो भने पनि पछि नपर्नुस्।
March 31, 2019 3:49 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो