गर्मीको असर कम गराउने ६ पेयपदार्थ
काठमाडौं। गर्मी लागेसँगै पेयपदार्थको माग पनि बढ्छ । गर्मीमा ताजा रहन र शितलता प्राप्त गर्नको लागि मानिसहरु विभिन्न प्रकारका चिसो पेयपदार्थ पिउने गर्छन् । घरमा पनि सजिल्यै बनाउन सकिने कतिपय पेयपदार्थहरुले उर्जासँगसँगै शरीरमा पोषक तत्व पनि प्रदान गर्छ ।
चिसो बनाइएको पेय पदार्थ र विभिन्न बजारमा पाइने पेयपदार्थ सेवन गर्दा शरीरमा नकारात्मक असर परिरहेको हुन्छ । त्यसैले, गर्मीमा बजारमा पाइने विभिन्न प्रकारका चिसो पेय पदार्थ पिउनुभन्दा घरमा नै निर्माण गरिएको स्वस्थकर पेय पदार्थ पिउँदा स्वास्थसँगसँगै गर्मीको चिढचिढाहटबाट पनि मुक्ति मिल्छ ।
तरबुजाको जुस : तरबुजाको रसमा ९६ प्रतिशत पानी हुन्छ । साथै, यसमा भिटामिन A, B6, C जस्ता एन्टिअक्सिडेन्ट्स पनि हुन्छ । यसकारण शरीरमा पानीसँग रासायनिक तत्व सजिल्यै घुल्छ र शरीरलाई ‘हाइड्रेट’ राख्न मद्दत गर्छ ।
कागती पानी : कागती पानीमा भिटामिन सिको मात्रा प्रचुर मात्रामा हुन्छ । जसले विभिन्न प्रकारका रोग लाग्नबाट बचाउँछ । यसमा भएको एन्टिअक्सिडेन्ट्सले शरीरलाई हाइड्रेट राख्छ । त्यसैले गर्मीमा कागती पानी पिउनु फाइदाजनक मानिन्छ ।
नरिवलको पानी : शरीरमा पानी र रासायनिक पदार्थबीच सन्तुलन राख्न साधारण पानीको सट्टा नरिवलको पानीको प्रयोग उत्तम मानिन्छ । यसमा भिटामिन ई पाइन्छ । गर्मीमा शरीरलाई स्वच्छ र सक्रिय बनाइराख्नको लागि नरिवल पानी पिउँनुहोस् ।
मही : नेपालीहरु धेरैलाई थाहा भएकै पेय पदार्थ हो मही । दूध जमाएर बनाइएको दहीलाई मोथेर घिउ निकाल्दा बनेको मही गाउँघरमा गर्मीको समयमा अत्यधिक पिउने झोल पदार्थ हो । मही स्वास्थ्यको लागि निकै लाभदायी छ । यसमा क्याल्सियम, राइबोफ्लेभिन, प्राटिन जस्ता स्वास्थ्यवर्धक पोषक तत्व पर्याप्त मात्रामा हुन्छ । मही पिउँदा कब्जियत र डिहाइड्रेशनको समस्या पनि कम हुन्छ ।
आँपको बोक्राको झुस : गर्मीले धेरै नै सताएको समयमा आँपको बोक्राको रस पिउँदा स्वास्थ्यमा गर्मीको असर कम गर्न सकिन्छ । काँचो आँपको बोक्रा निकाल्ने र त्यसलाई पानीमा उमाल्ने । त्यसमा नुन, पुदीना र चिनी हालेर पिस्ने र पानी हालेर पिउँने । यसले गर्मीमा निकै राहत गर्छ ।
पुदीनाको शरबत : गर्मीमा डिहाइड्रेशनको समस्याबाट बच्नको लागि पुदीनाको पात, चिनी, मह, कालो चिनी र जिरा पाउडर हालेर पिस्ने र पेस्टमा थोरै पानी हालेर पिउने । यसले बच्चाहरुमा पनि गर्मीको असर कम गराउँछ ।
April 2, 2019 12:27 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन