रणवीर र आलिया जरुरी मुद्दा छाडेर सेक्सबारे मात्र कुरा गर्छन्ः कंगना
मुम्बई, चैत । कंगना रनोटले एकपटक पुनः रणवीर कपुर र आलिया भट्टविरुद्ध मुख खोलेकी छिन् । उनले हालसालै एक अन्तर्वार्ताको क्रममा भनिन्, ‘यिनीहरुलाई देशको मुद्दासँग कुनै लिनुदिनु छैन । मुलुकका जरुरी मुद्दाहरुमा यिनीहरु कहिल्यै बोल्दैनन् । यिनीहरु त केवल यौन जीवनको बारेमा सोध्यो भने मात्र यसबारे कुरा गर्न तयार हुन्छन् ।’
कंगनाले आलिया र रणवीर युवा हुन् र भनेर प्रश्न उठाएकी छन् । ‘रणवीर २७ र आलिया २७ वर्षकी हुन् भने यिनीहरु कसरी युवा भए ? २८ वर्षको उमेरमा त मेरी आमाको तीनवटा बच्चा भइसकेका थिए,’ उनले भनिन् ।
उनले अगाडि थपिन्, ‘बच्चा छन् हुन कि के हुन् यिनीहरु ? इन्स्टामा तस्बिर पोस्ट गर्छन् र लेख्छन् कि म यसको साथ हुँ, यसको साथ छैन । यी सबै त चलिरहन्छ, ठिकै छ तर जब देशको कुरा आउँछ, उनीहरुले भन्छन्, यो मेरो निजी जिन्दगी हो ।’त्यसो त कंगनाले यसअघि पनि उनीहरुविरुद्ध निशाना सोझ्याएकी थिइन् । उनले आलियालाई करन जौहरको कठपुतली बताएकी थिइन् ।
April 3, 2019 12:54 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।