Thursday 21st August 2025

जान्नुहोस : शुक्रबार जन्मिएका व्यक्तिको स्वभाव कस्तो हुन्छ ? किन हुन्छन् भाग्यमानी साथै सुन्दर ?

6 years अगाडी

नेपाली क्यालेन्डर अनुसार एक हप्तामा सातबार हुन्छन्। कुनै पनि मानिसको जन्म यी सात मध्य एक बार हुने गर्दछ। नेपाली समाजमा बच्चाको जन्म हुँदा उसले भाग्यमा जस्तो लेखिएको छ तस्तै भोगाइ हुन्छ भन्ने कुरामा विश्वाश गरिन्छ तरपनी ज्योतिषशास्त्रका अनुसार शुक्रबार जन्म भएका मनिसहरु निम्न कारणले गर्दा बडी सुन्दर र भाग्यमानी हुने गर्छन्।

हृदय, मन र शरीर सबै सुन्दर र सफा हुने गर्दछ :शुक्रबार जन्मेका मानिसहरूको हृदय, दिमाग र शरीर धेरै सुन्दर हुने गर्दछ। यो दिनमा जन्मेका मानिसहरु प्रायः सृजनात्मक क्षेत्रमा अगाडी देखिन्छन्। उनीहरु संगीत, चलचित्र, मिडिया, खेलकुद जस्ता चीजहरू धेरै आकर्षित र अग्रस्थानमा हुन्छन।

बोलिमा मिठास र मुस्कुराउने बानि :यी मानिसहरुको नरम बोलि र अनुहारमा छाएको मुस्कानले सबैलाई आकर्षित गर्दछ। उनीहरु धेरै उत्साहित हुने गर्छन जसका कारण कहिलेकाहीँ दुखी बन्न पुग्छन। यदि कुनै पुरुषले यसबार जन्मेका महिलासँग विवाह गर्यो भने धेरै सुखी रहने गर्दछ र दुवैको भविष्य उज्ज्वल हुने भनाइ छ।

कम मात्रामा रिसाउने बानी हुन्छ :यी मान्छेहरु आफ्नो सम्बन्धको बारेमा धेरै चिन्तित हुने गर्छन । यो कारणले कुनै समयमा यो सम्बन्ध भारी हुन्छ। उनिहरुको छिट्टै विश्वास गर्ने बानीले साथीहरू धेरै हुन्छन तर सच्चा मित्रहरू कम मात्र हुन्छन्। उनीहरुमा रिसाउने बानि भनेको कम मात्रामा हुन्छ जसका कारण शत्रु पनि पराजित भएर जानेछन्।

धेरै मेहेनती र कडा परिश्रम गर्ने स्वोभाव :धेरै मेहेनती हुने भएका कारण यो दिनमा जन्मेका मान्छेहरु सुखी पनि हुने गर्दछन। उनीहरुमा कहिले पनि धनको कमि नहुने गर्छ। जति धन आर्जन गरेपनि बचत भने कम मात्रामा गर्न सक्छन। धेरै मानिसहरुसँग हेलमेल र उत्साहित हुने बानीले खासै पैसा जोगाउन नसक्ने हुन्छन्। आफ्नो परिश्रम अनुसारको फल भने प्राप्त गर्दै जाने गर्छन्।

          April 5, 2019 2:09 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...