बिधीपुर्वक वरपिपलको पुजा आजा गर्नाले शुख,शान्ति र संबृद्धी प्राप्त हुने !
गीतामा भगवान श्रीकृष्णले पिपललाई आफ्नो एक रुप बताएका छन् । यसै कारण यो मान्यता छ कि पिपलको नियमित पूजा गर्नाले दरिद्रता भाग्छ । सुख, ऐश्वर्य प्राप्ति हुन्छ । त्यसैले पिपलको पूजा गर्नु राम्रो हुन्छ भनिएको छ । हामी भने पिपललाई भगवान् बिष्णुको रुपमा पुजा गर्ने गर्छौ।थाहापाई राख्नुहोस् केही त्यस्ता उपायहरू :
जुन दिन पिपलको पूजा गर्नु छ त्यो दिन सूर्योदय हुनु भन्दा पहिले उठ्नुहोस र स्नान गर्नुहोस् । स्नानकार्य समाप्त भएपछि सफा सेतो कपडा लगाएर कुनै यस्तो ठाउँमा जानुहोस् जहाँ पिपल होस् । पीपलमा गाईको दूध, तिल र चन्दन मिलाएको पानी चढाउनुहोस् ।
जल चढाएपछि फूलप्रसाद चढाउनु होस् ।
धूपबत्ति बालेर दियो पनि सल्काउनुहोस् र बसेर यो मन्त्रमूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे । अग्रतः शिवरूपाय वृक्षराजाय ते नमः कमसेकम १०८ पटक पढ्नु होस् यि उपायहरू अपनाउँदा घरमा सुख शान्ति आउँछ :
१. ज्योतिषमा बताइएको छ कि पिपलको एक विरुवा लगाउनुहोस् र त्यसको रक्षा गर्नुहोस् जसले गर्दा तपाईंको कुण्डलीका सबै ग्रहदोष शान्त हुन्छ । जब जब विरुवा बढ्दै जान्छ । तपाईको घरपरिवारमा सुखसम्वृद्धि बढ्दै जान्छ ।
२. यदी कोही व्यक्ति पिपलको बोटको तलतिर शिवलिङ्ग स्थापना गर्छ र नियमीत रुपले त्यसको पूजा गर्छ उसका सबै समस्या समाप्त हुन्छन् । अशुभ समय विस्तारै विस्तारै शुभ हुँदै जान्छ ।
३. शनि दोष, शनि साढेसाती र अढैया जस्ता अशुभ प्रभावलाई टाढा राख्न हरेक शनिबार पिपलमा पानी चढाउँदै सात पटक परिक्रमा गर्नु शुभ र फलदायी ( मानिन्छ ।
४. साँझको समयमा पिपलको रुख मुनी दियो बाल्नु राम्रो हुन्छ । छ । पिपलको रुखको मुनि बसेर हनुमान चालिसा पाठ गर्नाले छिट्टै तपाईंलाई शुभ फल प्राप्त हुन सक्छ ।
April 6, 2019 1:31 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो