मौसम खराबीका कारण प्रधानमन्त्री ओलीको चतराधाम जाने कार्यक्रम स्थगित, मुख्यमन्त्री राईले उद्घाटन गर्ने
काठमाडौं, चैत २३ । मौसममा आएको खराबीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको सुनसरीको चतराधाम जाने कार्यक्रम स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली बराह क्षेत्रमा रहेको चतराधाममा शनिबारदेखि हुने अर्धकुम्भ मेलाको उद्घाटनका लागि जाने कार्यक्रम थियो । तर मौसममा आएको खराबीका कारण प्रधानमन्त्रीको चतरा भ्रमण स्थगित भएको उनको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीसहित उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि चतरा जाने कार्यक्रम थियो । रक्षा मन्त्री पोखरेल पनि नजाने भएका छन् । चतराधाममा शनिबारदेखि दोस्रो अर्धकुम्भ मेला सुरु हुँदैछ ।
प्रधानमन्त्री ओलीले आफू जान नपाएपछि लिखित सन्देश पठाएको उनको निजी सचिवालयले जनाएको छ । नेपालका प्रथम जगद्गुरु अनन्त श्री विभुषित बालसन्त मोहनशरण देवाचार्यले संकल्प गरि महास्नानको सुरुवात गर्ने तयारी छ ।
मेलाको प्रदेश एकका मुख्य मन्त्री शेरधन राईले उद्घाटन गर्ने तयारी भएको छ । मेलामा नेपालसहित भारत, बर्मा, भुटान, अमेरिका, बेलायतसहितका देशबाट भक्तजन आउने छन् । मेलामा स्नान गर्नाले एक लाखपटक पृथ्वीको परिक्रमा गरे बराबरको पूण्य मिल्ने विश्वास छ ।
April 6, 2019 1:34 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :