दर्शन ठकुरी समाज कुवेतले नायक पल शाह र गायक प्रताप दाशका साथ पाँचौं वार्षिक उत्सव मनाउने
कुवेत – दर्शन ठकुरी समाज कुवेतले नायक पल शाह र गायक प्रताप दासका साथ पाँचौं वार्षिक उत्सव मनाउने भएको छ । दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौं वार्षिक उत्सवको अवसरमा “ दर्शन सांगीतिक धमाका २०१९ “ कार्यक्रमको आयोजना गरी चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासका साथ वार्षिक उत्सव मनाउने भएको हो ।
दर्शन ठकुरी समाज कुवेतको पाँचौं वार्षिक उत्सवको तयारी तिब्र बनेको छ । आउँदो जुन ७ तारिख सुक्रवार हुने ‘पाँचौं वार्षिक उत्सव तथा दर्शन सांगीतिक धमाका २०१९ तयारीमा लागेको समाजका महासचिब राज मल्ल ठकुरीले बताए ।अतिथि कलाकार चर्चित नायक पल शाह र गायक प्रताप दासको साथ मनाउने वार्षिक उत्सव बिलकुल फरक खालको हुने र त्यसै अनुसारको तयारी भैरहेको संस्थाका सम्रक्षक बि.बि मल्ल ठकुरीले जानकारी दिएका छन् ।
कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा हुने बार्षिक उत्सवमा अथिति कलाकारको साथ स्थानिय कलाकार हरुको बिजोड प्रस्तुती रहने समाजका सल्हाकार रुपेन हमालले बताए । उनले भने ‘ कार्यक्रमको तय ३ महिना पहिला कुवेतका नेपाली अनलाईन मिडिया मार्फत जानकारी गराए पनी सँस्थाको हिजो बसेको साइबर बैठकले कुन चाही कलाकार लिएर कार्यक्रम गर्ने भन्ने बारे निर्णय भयको हो ‘।
कार्यक्रम भब्यरुपमा हुने भयकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिन कुनै संघ संस्थाका साथै व्यक्ति विषेशले कार्यक्रम नजुधाईदिनु हुन समाजका अध्यक्ष एल बि हमालले अनुरोध गरेका छन् ।
स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : ७ जुन २०१९ शुक्रबार
समय : १२ बजे
कार्यक्रम बारे जानकारी – 66644509, 60067572, 69925693
April 7, 2019 9:31 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने