Friday 5th September 2025

गैरआवासीय नेपाली संघ कुवेतद्धारा बारा र पर्साका हावाहुरी पीडितहरुलाई आर्थिक सहयोग

6 years अगाडी

कुवेत – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले बारा र पर्साका हावाहुरी पीडितहरुलाई रु. ५१,०००।– (अक्षेरुपी एकाउन्न हजार रूपैया) आर्थिक सहयोग गरेको छ ।
परिषदको गत बिहीबार बसेको आपतकालीन वैठकले मध्य तराईको बारा र पर्सा जिल्लाहरुमा आएको बिनाशकारी हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त सहयोग गर्ने निर्णय गरेको थियो ।


गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले न्युनतम ५० हजार रुपैया सहयोग पठाउन गरिएको सर्कुलर अनुसार पहिलो चरणको सहयोग एनसिसी कुवेतले पठाएको जानकारी अध्यक्ष सुमित्रादेवि पौडेलले जानकारी गराउनु भएको छ । सहयोग संकलन हुने क्रममा मध्यपूर्वबाट कुवेत, बहराईन, ओमानबाट एनआरएनएको खातामा संकलित सहयोग जम्मा भईसकेको आइसिसी सदस्य अमित चाम्लिङ राईले बताउनु भयो भने संकलित रकमबाट प्रभावित क्षेत्रमा राहत बितरण गरिनेछ ।

          April 8, 2019 11:08 am | Uncategorized


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...