भूकम्पले सगरमाथको उचाई कम भयो ? थाहा पाउन पुनः मापन गरिँदै
विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई मापन गर्न सरकाले पर्वतारोहीको एक दल पठाउने भएको छ । २०७२ सालको महाभूकम्पपछि सगरमाथाको उचाइ घटेको हुनसक्ने विभिन्न अड्कलबाजीका बीच सरकारले यसको उचाई पुनः मापन गर्ने निर्णय गरेको हो । सरकारी अधिकारीले सोमबार चार सर्वेक्षक बुधबार सगरमाथाका लागि प्रस्थान गर्ने जानकारी दिएका छन् ।
भारतमा ब्रिटिश शासन गर्दाको समयमा सन् १८५५ मा सर्भे अफ इन्डियाको तर्फबाट जर्ज एभरेष्टले नापेपछि सगरमाथाको नामाङ्कन एभरेष्ट गरिएको थियो । त्यसपछि चीनले गैरकानूनी रुपमा सन् २००५ मा नापेर ८,८५० मिटर बनाएको थियो, इटाली र नेशनल जोग्राफीले समेत नापे तर भारतले मापन गरेको उचाई नै सर्वमान्य भयो ।
सन् २०१५ मा नेपालमा आएको विध्वंसकारी भूकम्पपछि भूकम्पका कारण सगरमाथाको उचाइ घटेको भन्ने बहस चर्कियो । नापी विभागले यो विषयमा पूर्ण विराम लगाउनका लागि २०१७ मा सर्वेक्षण दललाई मंजुरी दिएको थियो ।‘भूकम्पपछि सगरमाथाको उचाइमा प्रश्न उठ्न थालेपछि हामीले सगरमाथाको पुनः मापन गर्न दल पठाउन लागेका हौं, नापी विभागका संयोजक सुशिल डंगोलले एफपीलाई बताए ।
April 9, 2019 10:46 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन