श्रीमानले मृगौला दिएर बाँचेकी गोपी भन्छिन् – मलाई त बाँच्छु जस्तै लागेको थिएन !
आजको ठीक दुई बर्ष पहिले गोपीको जीवनमा ग्रहण लागेको थियो । दुब्लाएर सिन्काजस्ती भएकी उनी निदान हस्पिटलमा थिइन् । श्रीमान उनीसँगै हुन्थे । गोपीको दुवै मिर्गौला काम नलाग्ने भइसकेका थिए । डायलोसिस गरिरहन्थिन् । तर, बेलाबेला स्वास फेर्न निकै गाह्रो पथ्र्यो ।४२ वर्षकै गोपीले आँशु रोक्ने प्रयास गर्छिन् ।
‘मेरैअघि कति जना मरिरहेका हुन्थे’, गोपी थामिन सक्दिनन्, ‘म अब बाँच्दिनँ, यसरी नै जान्छु भन्ने लाग्थ्यो ।’ गोपी तीन वर्ष पहिले नै सुनिन थालेकी थिइन् । श्रीमती मोटाएको सम्झेर बाबुराम सुरुमा त खुशी भए । तर, विभिन्न समस्या देखिन थालेपछि उनले गोपीलाई वीर अस्पताल लगे । डाक्टरले मुटुको समस्या देखाए ।
त्यसपछि उनी गंगालाल पुगिन् । गगांलालले त मुटुमा होइन मिर्गौलामा समस्या देखायो । अनि फेरि उनीहरु वीरमा आए । वीरका डाक्टरले दुवै मिर्गौला काम नलाग्ने भएको बताए ।
तितो वास्तविकता स्वीकार गरेर उनीहरु दुवै निदान अस्पताल पुगेका थिए । शुरुमै डाक्टरले भने, ‘पहिला बचाउनतर्फ लागौं, त्यसको लागि डायलोसिस शुरु गर्नुपर्छ ।’ मिर्गौला दिने व्यक्ति भेटिएको थिएन । घर–व्यवहार तहसनहस भएको थियो । गोपी भन्छिन्, ‘मलाई त बाँच्छु जस्तै लागेको थिएन ।’
एक दिन बाबुरामले अनायास गोपीलाई भने, ‘तिमीलाई म दिन्छु मिर्गौला ।’ श्रीमतीले श्रीमानलाई, छोरीले बाबालाई, आमाले छोरालाई मिर्गौला दिएको उदाहरण थुप्रै छन् । तर, श्रीमानले श्रीमतीलाई मिर्गौला दिएका घटना निकै कम सुनिन्छन् । गोपी भक्कानिन्छिन्, ‘उहाँले नै जवरजस्तीले मिर्गौला दिएर बचाउनुभयो । मैले त बाँच्ने आशा मारिसकेकी थिएँ ।’
वीर अस्पतालमा मृगौला प्रत्यारोपण गरेको तीन महिनापछि उनीहरु घर फर्किए । केही समयपछि गोपी पनि काममा जान थालिन् । दुईमध्ये एक छोरीको बिहे भइसकेको छ । छोरा ११ मा अध्ययन गर्दैछन् । अहिले सँगै बाँच्न पाउँदा दुवै जना खुशी छौं,’ बाबुराम भावुक मुद्रामा बोल्छन्, ‘मेरै मिर्गौलाले हामी जोडिएका हौं । अहिले अझ नजिक जस्तो लाग्छ । एकोहोरो बाबुरामको अनुहारमा टोलाइरहन्छिन् गोपी । एकछिनपछि बगेका आँशु पुछ्दै भन्छिन्, ‘म धेरै भाग्यमानी ! भिडीयो सहित :
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।