दुधे बालक छाडेर हिडेकी आमा संग २४ बर्ष पछि छोराको भेट , आमाले रुदै भनिन-मेरो बाध्यता थियो छोरा !
मिलन विछोडको कथा बोकेको कुनै चलचित्रको कथा जस्तै बुटवलमा वषौंअघि छुट्टिएका एक आमा छोराको अचानक भेट भएको छ । त्यो पनि गीत संगितको माध्यमबाट अरू कसैले चिनाएर ।२४ बर्ष अघि गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर–४ , चन्द्रकोट गाउँमा ११ महिनाको दुधे बालक दीपक परियारलाई छाडेर बेपत्ता भएकी उनकी आमा कविता परियारको वुटवलमा २४ बर्ष पछि भेट भएको हो ।
दीपककी आमा २४ बर्ष अघि घरबाट बेपत्ता भई भारतमा पुगेर अर्को विवाह गरेर बसेकी थिइन् । केहि दिन अघि जव उनी आफ्नी आमाको मृत्यु भएको सुनेर रुपन्देहीको मुर्गिया आईन । त्यहाँ उनले युट्युवमा एउटा रोइला गीत हेरिन्, सुनिन् ।
गुल्मीको चन्द्रकोट पनि गीतको शव्दमा जोडिएकोले याे गीत गाउने केटा कसको छाेरा होला ? भनेर आफ्नी दिदी संग चासो राखिन् ।साेधखाेजकाे क्रममा गीत गाउने गायक चन्द्रकोट स्थित फलानाको छोरा हो भन्ने खुल्यो । परिचय खुलेपछि उनकी दिदीले बुटवलमा रोईला गीत गाउने दिपकको खोजी गरिन् र अन्ततः आमा छोराको भेट गराईन ।भेटमा दुबै भावुक भए । दुबैका आँखा रसाए । आमा भन्दै थिईन, मेरो विवसता थियो छोरा… ।
दिपक भन्दै थिए, मैले त तपाईलाई बिर्सी सकेको थिएँ , मेरी आमा भने कै मेरी फुपु नै ठानेको थिएँ ।हिजोको त्यो बेसहारा बालक अहिले स्थानीय गायक कलाकार बनेका छन् । वाल्यकालमै आमाको ममता गुमाएको पीडाले दीपक सानै देखि गीत गुनगुनाउन थालको थिए । आर्थिक अभावका कारण कलाकार बन्ने सपना पुरा गर्न दीपकका लागि धेरै टाढाको कुरा थियो । तर पनि आमाको सहारा दिने प्रयास गरिन् गुल्मी ईन्द्रगौडामा बस्ने उनकी फपु मनमाया परियारले उनले दिपकलाई हुर्काईन बढाइन्।ईन्द्रेगौडाकै नेपाल राष्ट्रिय त्रिभुवन माध्यामिक विद्यालयमा पढाईन ।
त्यहाँ प्रवेशिका परिक्षा उतिर्ण गरेर बुटवल तर्फ लागेका दीपकले सांगितिक क्षेत्रमै संघर्ष गरेर शिद्धार्थ गौतम बुद्ध क्याम्पसमा स्नातक सम्मको अध्ययन पुरा गरे ।२०७१ सालमा दिपकले ‘गुल्मेलीको मन’ नामक गीती एल्वम बजारमा ल्याए । क्रमशः हुग्दीशिरैले मालिका पञ्चैवाजा सहित दर्जनौं गीत बजारमा ल्याए ।
पछिल्लो समय उनले आफ्नो जन्मथलो गुल्मीलाई आमाको उपमा दिंदै रोइला भाकामा गीत निकाले त्यसै गीतले उनको आमासँग भेट गरायो ।दिपक भन्छन्–‘ सिंगो गुल्मीलाई आमा सम्झेर गाएको यसै रोइला गीतले मेरी वास्तविक आमालाई २४ बर्ष पछि भेट गराएकोमा म हर्षविभोर छु ।’
April 10, 2019 8:20 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै