

रमेश अधिकारीको अध्यक्षतामा “तनहुँ सेवा समाज मकाउ” गठन।

कर्ण अधिकारी मकाउ।नितान्त सामाजिक सेवा गर्ने हेतुले तनहुँ जिल्लाबाट मकाउमा कार्यरत रहेका सम्पूर्ण नेपालीहरुलाई एकत्रित गरी समग्र तनहुँको आर्थिक तथा सामाजिक बिकास गर्ने उदेश्य सहित तनहुँ स्थायी घर भई हाल मकाउमा कार्यरत रहेका तनहुँका नेपाली दाजुभाईहरूको आज मिति २०१९/४/१० तारीख बसेको बैठकले रमेश अधिकारीको अध्यक्षतामा १७ सदसीय “तनहुँ सेवा समाज मकाउ”गठन गरिएको छ।उक्त कार्य समितिमा अध्यक्ष रमेश अधिकारी,उपाध्यक्ष चन्द्र पुलामी,उपाध्यक्ष बिकाश अधिकारी,सचिव कमल सापकोटा,सह-सचिव कैलाश थापा,कोषाध्यक्ष बिष्णु राना मगर,सह-कोषाध्यक्ष इश्वर अधिकारी,सदस्यहरू कृष्ण कुमाल,बिष्णु खत्री,कृष्ण मल्ल,राज वाग्ले,ओम श्रेष्ठ,मिलन अधिकारी,राम कृष्ण अधिकारी रहेका छन भने सल्लाहकारहरूमा बरीष्ठ सल्लाहकार उदय राज वाग्ले,बरीष्ठ सल्लाहकार अम्बिर जोशी,सल्लाहकार काली बहादुर परीयार रहेका छन् ।
बैठकमा नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति एवं यसै संस्थाका बरीष्ठ सल्लाहकार अम्बिर जोशीले बिदेशी भूमिमा रहेर पनि आफ्नो जिल्लाको बिकासका निमित्त यसरी एकजुट भएर संस्था खोलिनु गौरवको कुरा हो भन्नु हुन्छ।यस संस्थामा बौदिक ब्यक्तिहरू सम्मिलित भएका कारण आउदा दिनहरूमा अझै सक्रिय भएर सामाजिक कार्यमा लाग्न सकिने कुरा ब्यक्त गर्नु हुन्छ समाज अध्यक्ष रमेश अधिकारी।
April 10, 2019 10:06 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

