

जान्नुहोस : यस्ता छन् अमला खाँदाका फाईदाहरु !

अमला भिटामिनको राम्रो स्रोत भएको एउटा फल हो । भनिन्छ, ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरू निको हुन्छन् ।
अमलामा विभिन्न रोगहरू निको पर्ने क्षमता हुन्छ । यसैगरी प्रत्येक दिन एउटा अमला खानाले युवाहरूमा यौन शक्ति प्रदान गर्नुका साथै बृद्धहरूमा युवाअवस्थामा जस्तै जोस् जाँगर आउँछ । तर, अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ ।
यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ ।
अमला खानुका फाइदाहरू यस्ता छन्ः
–दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट जोगिन्छ ।
–प्रत्येक दिन एउटा अमला खानाले पेट सफा रहिरहन्छ र कब्जियतलगायत पेटमा देखा पर्ने समस्याहरू हुन पाउँदैन साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ ।
–अमलाले आँखाको रोशनी अझ बढी शक्तिशाली बनाउँछ ।
–अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । किड्नीसँग सम्बन्धित रोगहरु लाग्दैनन् ।
–दैनिक अमलाको जुस अथवा जाम खाएर दूध पिउने गर्नाले शरीरमा कुनै पनि रोगले आक्रमण गर्न सक्दैन ।
–अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ । अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ ।
–अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ । दैनिक एउटा अमला खानाले फोक्सोसँगसम्बन्धित रोगहरु लाग्न पाउँदैनन् ।
April 11, 2019 11:21 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

