यूएईविरुद्ध नेपाल टस हारेर ब्याटिङ गर्दै, नेपाली टिममा हरिबहादुर चाैहानकाे डेब्यू
काठमाण्डौ – आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । आज पनि नेपाल टस हारेर पहिला ब्याटिङ गर्दैछ ।।आजको खेलबाट हरिबहादुर चौहानले डेब्यू गरेका छन् । सूर्य तामाङको स्थानमा हरिलाई डेब्यू गराइएको हो । अन्य खेलाडी भने परिवर्तन गरिएको छैन ।
नेपालले हिजो सिंगापुरलाई पराजित गरेको थियो । प्रतियोगिताको पहिलो खेलमा सिंगापुरलाई २१७ रनले हराएको नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । यता यूएईले पनि मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।यो प्रतियोगिताका दुई बलिया टिम मानिएका नेपाल र यूएईविरुद्धको खेलले प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमको बाटो तय गर्नेछ ।
नेपाली टिमका प्रशिक्षक विनोद दासले यूएईविरुद्धको खेल नेपालका लागि रियल टेष्ट हुने बताएका छन् । उनले सिंगापुरविरुद्ध जस्तो प्रदर्शन टिमले गर्यो त्यसको परीक्षण युएईविरुद्ध हुने बताए । हुन त नेपालले यो उमेर समूहमा सन् २०१३ यता हार्नुपरेको छैन । सन् २०१३ मा ७६ रनले पराजित भएको नेपालले त्यसपछिका लगातार चार खेलमा जीत निकाल्दै आएको छ ।
पछिल्लो पटक नेपाल र यूएईले अन्डर नाइन्टिन टिम युथ एसिया कपमा खेलेका थिए । जसमा नेपालले ६ रनले पराजित गरेको थियो । नेपालले त्यसबेला ७ विकेटको क्षतिमा २७४ रन बनाएको थियो । जवाफमा यूएई २६८ रनमा रोकिएको थियो ।
नेपाललाई आजको खेल पनि त्यो जितको लयलाई कायम राख्ने मौका हुनेछ । सिंगापुरविरुद्ध शतक बनाउनबाट चुकेका रोहित पौडेलको प्रदर्शन आजको खेलमा पनि महत्वपूर्ण हुनेछ । सिंगापुरको तुलनामा यूएईको बलिङ केही बलियो रहेकाले नेपालको ब्याटिङमा टेष्ट हुनेछ ।यो समाचार तयार पार्दासम्म नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै ३९ रन बनाएको छ । नेपालले पवन शरार्फलाई गुमाएको हो । उनी १२ रन बनाउँदै आउट भएका हुन् ।
April 13, 2019 10:02 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन