माग्ने बुढाको स्टाटसले धेरैको मन आकर्षित गर्यो, गम्भीर बनायो
काठमाडौं। आइतबार राष्ट्रपति निवास शितल निवासमा विशेष चहल पहल थियो। सरकारले विभिन्न क्षेत्रमा व्यक्तिलाई विभिन्न पदकले सम्मान गर्ने निर्णय गरे अनुसार आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेकी थिइन्। सो अवसरमा राजनीतिज्ञ, समाजसेवी, पूर्व प्रधानन्यायाधीशदेखि कलाकार र पत्रकारलाई समेत सम्मान गरिएको थियो।

तिनै मध्य एक थिए, चर्चित हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा)। घिमिरेलाई राष्ट्रपति भण्डारीले प्रवल जनसेवा पदकबाट सम्मानित गरेकी थिइन्। आफू सम्मानित भएपछि घिमिरेले सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेखेका छन्। जुन निकै मार्मिक छ।
उनले लेखेका छन्, ‘सधैं यस्तै अलिकति निहुरिन पाउँ। छाती तन्काएर कसैका सामु घमण्ड नगरौं। सानो भइयो भने जता पनि अटाइन्छ, ठूलो हुँदा कतै अटाइँदैन। त्यसेले सधैं सानै हुन पाउँ। हँसाइरहन पाउँ। ‘प्रबल जनसेवा श्री’ बाट विभूषित हुन पाएकोमा नेपाल सरकारलाई धन्यवाद। कर्तब्य पथमा निरन्तर लाग्ने प्रण गर्दछु।’

घिमिरेले लामो स्टाटस लेखेर आफू सम्मानित भएको फोटो पनि पोस्ट गरेका छन्। सो कार्यक्रममा विभिन्न क्षेत्रका ९६ जनालाई सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी), साहित्यकार झमककुमारी घिमिरेलाई कीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी), विभिन्न क्षेत्रका १६२ लाई प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) र ७४ जनालाई जनसेवाश्री (पञ्चम श्रेणी) मानपदवीद्वारा विभूषित गरिएको थियो। राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेबापत सरकारद्वारा गत वर्ष संविधान दिवसका दिन घोषणा गरिएका उनीहरुलाई राष्ट्रपतिले आइतबार सुशोभित गरेकी थिइन्।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो