नेपालमा पनि भित्रियाे ‘बिग बोस’
काठमाण्डौ – नेदरल्याण्ड्सको इन्डिमोल साइनद्वारा सञ्चालित ‘बिग ब्रदर’को फ्रेन्चाइज ‘बिग बोस’ नेपालमा औपचारिक रुपमा आइम्याक्स प्रोडक्सनले ल्याएको छ ।आइम्याक्सले यो कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रेन्चाइज टीभी रियालिटी शो हुने दाबी गरेको छ ।

आइम्याक्स प्रोडक्सन तथा इन्डिमोल साइनको संयुक्त सहकार्यमा टेलिभिजनको सबैभन्दा ठूलो रियालिटी शो बिग बोस नेपाल प्रसारण हुन थालेको हो ।आइम्याक्स प्रोडक्सनले कानुनी रुपमा बिग ब्रदर नेदरल्याण्डद्वारा फ्रेन्चाइजी अफिसियली रुपमा ल्याएको हो । सोमबार होटल सोल्टीमा औपचारिक उत्सवको आयोजना गरी नेपालमा बिग बस औपचारीक रुपमा सुरु भएको जानकारी गराइएको छ । नेपाल भित्रिएको यो रियालिटी शो नेपालकै एक नेपाली टेलिभिजन च्यानलबाट चाडै नै सुरु हुने बताइए पनि कुन च्यानलबाट प्रसारण हुने भन्नेबारे जानकारी दिइएको छैन ।
देशअनुसार फरक–फरक भाषामा सञ्चलित भएको यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रसारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम बिग ब्रदरकै संरचनाअनुसार हुनेछ । बिग बोसभित्र रहने सहभागीहरु १०० दिनसम्म सञ्चार सम्पर्कविहीन रही सहभागिता जनाउँदै विभिन्न काम पूरा गर्दै बिग बोसको ट्रफी जित्नेछन् ।
April 17, 2019 10:56 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा