

‘महेश भट्टले फिल्म स्क्रिनिङमा कंगनामाथि चप्पल फ्याँकेका थिए’

अभिनेत्री कंगना रनावत र उनकी दिदी रंगोली चन्देल आलिया भट्ट र उनकी आमा सोनी राजदानपछि अहिले महेश भट्टको पछि लागेका छन् । यसअघि अभिनेत्री कंगना रनावत आलिया भट्टका विरुद्ध मिडियामा आलोचनासहितका टिकाटिप्पणी गरिरहेकी थिइन ।
अहिले उनकी दिदी रंगोली चन्देल सामाजिक सञ्जालमा आलिया भट्ट, उनकी आमा सोनी राजदान र महेश भट्ट विरुद्ध विभिन्न विवादित बयान दिइरहेकी छिन् । हालै आलिया भट्ट र सोनी राजदानको नागरिकतामा सवाल उठाइरहेकी रंगोली चन्देलले अहिले फेरि आलियाका बुवा महेश भट्टले फिल्म ‘वो लम्हे’ को स्क्रिनिङका क्रममा कंगना रनावतको बेइज्जत गर्दै उनीमाथि चप्पलले हिर्काएको आरोप लगाएकी छिन् ।

कंगनाले आलियाविरुद्ध मिडियामा बयान दिएपछि र उनकी दिदी रंगोलीले आलिया र उनकी आमा सोनी राजदानको नागरिकतामा सवाल उठाएपछि त्यसको प्रतिक्रियास्वरुप आलियाकी आमाले ट्वीट गर्दै भनेकी थिइन्, ‘महेश भट्टले नै कंगनालाई ब्रेक दिएका थिए तर अहिले उनैकी पत्नी र छोरीमाथि हमला गरिरहेकी छिन् । छोरी आलियामाथी त झन् पटक पटक हमला गरिरहेकी छिन् । अब दुव्र्यवहार र घृणाका बारेका बोल्नका लागि के नै बाँकी रह्यो र ?’
सोनी राजदानले कंगना र उनकी दिदी रंगोलीले आखिर यस्तो किन गरिरहेकी छिन् भन्दै उनीहरुमाथि नै प्रश्न उठाएकी थिइन् ।
सोनी राजदानको ट्वीटको जवाफमा कंगनाकी दिदी रंगोलीले ट्वीट गर्दै कंगनामाथि महेश भट्टले दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । उनले लेखेकी छिन् ‘ प्रिय सोनीजी, कंगनालाई महेश भट्टले होइन, अनुराग बसुले ब्रेक दिएका थिए । महेश भट्ट आफ्ना भाइको प्रोडक्सन हाउसमा क्रियटिभ डाइरेक्टरको रुपमा काम गर्थे । याद राख्नुहोला, महेश भट्ट त्यस प्रोडक्शन हाउसका मालिक थिएनन् ।’

रंगोलीले अगाडि लेखिन्, ‘फिल्म ‘वो लम्हे’ पछि जब कंगनाले महेशले लेखेको फिल्म ‘धोखा’ मा अभिनय गर्न अस्वीकार गरिदिएकी थिइन् । जसमा कंगनाले एक सुसाइड बम्बरको भूमिका निर्वाह गर्नुपर्ने थियो । त्यसपछि महेश भट्ट उनको अफिसमा रिसाउँदै कंगनामाथि चिच्याएका मात्रै थिएनन् पछि कंगना उनको फिल्म ‘वो लम्हे’ को स्क्रिनिङका लागि थिएटर पुग्दा पनि महेश भट्टले कंगनामाथि चप्पल फ्याँकेका थिए । उनले कंगनालाई त्यो फिल्म पनि हेर्न दिएनन् । त्यो घटनापछि कंगना रातभर रोएकी थिइन् । त्यसबेला कंगना केवल १९ वर्षकी थिइन् ।’

Dear Soni ji, Mahesh Bhatt never gave her a break, Anurag Basu did, Mahesh Bhatt ji works as a creative director in his brothers production house….(contd) @Soni_Razdan https://twitter.com/Soni_Razdan/status/1118151249604440065 …5809:24 PM – Apr 16, 2019Twitter Ads info and privacy252 people are talking about this

(Contd)…. please note that he doesn’t own that production house, after Woh Lamhe when Kangana refused to do a film written by him called ‘Dhokha where he wanted her to play a suicide bomber he got so upset that he not only shouted at her in his office….. (contd) @Soni_Razdan3939:25 PM – Apr 16, 2019Twitter Ads info and privacy157 people are talking about this
कंगनाकी दिदी रंगोलीले यसरी आरोप लगाइरहँदा महेश भट्ट र सोनी राजदानले अहिले कुनै प्रतिक्रिया दिएका छन् । तर कंगना र आलियाका फ्यानहरु भने यस विषयमा सामाजिक संजालमा विवाद गरिरहेका छन् । केहीले रंगोलीको आरोपको समर्थन गरिरहेका छन् भने आलियाका फ्यानहरुले कंगनाले चर्चामा आउनका लागि अनेक तरिका अपनाइरहेको आरोप लगाएका छन् ।

…. but later when she went for Woh Lamhe preview to a theatre he threw chappal on her, he didn’t allow her to see her own film, she cried whole night …. and she was just 19years old . @Soni_Razdan5749:26 PM – Apr 16, 2019Twitter Ads info and privacy334 people are talking about this

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

