गायक राजेश पायल राईलाई कुवेतमा भब्य स्वागत
कुवेत -बहु प्रसिद्ध गाएक राजेश पायल राईलाई कुवेतवासी नेपाली हरुले भब्य स्वागत गरेका छन् । नेपाल कुवेत सरोकार समाजले आयोजना गरेको नेपाली नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा सांगीतिक धमाका ३ साँस्कृतिक कार्यक्रमका लागी कुवेत आईपुगेका बहु प्रसिद्ध गाएक मेघा स्टार राई इच किङ्स राजेश पायल राईलाई कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा कुवेतवासी नेपाली हरुले पुष्प गुच्छा साथै खादा ओडाएर भब्य स्वागत गरेका हुन् ।गायक राजेश पायल राई आज साँझ ७:२० कुवेत आईपुगेका हुन् ।

नेपाल कुवेत सरोकार समाज कुवेतलेआफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज ले यो भन्दा पहिले पनिअतिथी कलाकार गायक डम्बर नेपाली, बिजय लामा,गायिका सावित्री जोशी,ज्योति मगर, को साथमा भब्य सागितिक कार्यक्रमहरु गरी सकेको छ। यस पाली भने मेघा स्टार राई इच किङ्स राजेश पायल राईको साथमा बृहद साँस्कृतिक कार्यक्रम गर्ने भएक छ ।

संस्थाका अध्यक्ष राम तामांगले बिगतका दिनहरुमा जस्तै यस पकटको कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहेको बताँउदै कुवेतमा कृयाशिल सम्पूर्ण संघ-सँस्था पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी हार्दिक अनुरोध गरेका छन्।
कार्यक्रमबारे जानकारी –
मिति:- एप्रिल १९ तारिख शुक्रबार २०१९
स्थान:- नोटिमघाम ब्रिटिश स्कुलमा जिलिब
समय:- बिहान ठिक ११ बजे
आयोजक :-नेपाल कुवेत सरोकार समाज
April 17, 2019 11:08 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो