गायक राजेश पायल राईलाई कुवेतमा भब्य स्वागत
कुवेत -बहु प्रसिद्ध गाएक राजेश पायल राईलाई कुवेतवासी नेपाली हरुले भब्य स्वागत गरेका छन् । नेपाल कुवेत सरोकार समाजले आयोजना गरेको नेपाली नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा सांगीतिक धमाका ३ साँस्कृतिक कार्यक्रमका लागी कुवेत आईपुगेका बहु प्रसिद्ध गाएक मेघा स्टार राई इच किङ्स राजेश पायल राईलाई कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा कुवेतवासी नेपाली हरुले पुष्प गुच्छा साथै खादा ओडाएर भब्य स्वागत गरेका हुन् ।गायक राजेश पायल राई आज साँझ ७:२० कुवेत आईपुगेका हुन् ।

नेपाल कुवेत सरोकार समाज कुवेतलेआफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज ले यो भन्दा पहिले पनिअतिथी कलाकार गायक डम्बर नेपाली, बिजय लामा,गायिका सावित्री जोशी,ज्योति मगर, को साथमा भब्य सागितिक कार्यक्रमहरु गरी सकेको छ। यस पाली भने मेघा स्टार राई इच किङ्स राजेश पायल राईको साथमा बृहद साँस्कृतिक कार्यक्रम गर्ने भएक छ ।

संस्थाका अध्यक्ष राम तामांगले बिगतका दिनहरुमा जस्तै यस पकटको कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहेको बताँउदै कुवेतमा कृयाशिल सम्पूर्ण संघ-सँस्था पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी हार्दिक अनुरोध गरेका छन्।
कार्यक्रमबारे जानकारी –
मिति:- एप्रिल १९ तारिख शुक्रबार २०१९
स्थान:- नोटिमघाम ब्रिटिश स्कुलमा जिलिब
समय:- बिहान ठिक ११ बजे
आयोजक :-नेपाल कुवेत सरोकार समाज
April 17, 2019 11:08 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन