

बिरामी छोरीका कारण सुटिङमा ढिला पुग्दा यी अभिनेता शोबाटै निकालिए

काठमाण्डौ– ‘बिगबोस–१२’ फेम करणवीर बोहरा एक शोको छायाँकनका लागि सेटमा ढिलो पुगेका कारण शोबाटै निकालिएका छन् ।
करणवीरकी छोरी बिमारी भएपछि बिरामी छोरीको हेरचाह गर्नका लागि उनले च्यानल तथा प्रोडक्शन टिमसँग केही समय मागेका थिए । तर च्यानल तथा प्रोडक्शन टिमले उनलाई समय दिन मानेन । बरु उनलाई उक्त शो बाटै निकालिदिएको छ । करणवीरले यो कुराको खुलासा आफ्नो इन्स्टाग्राम अकाउन्ट गरेका छन् ।
करणवीरले लेखेका छन्, ‘जीवनमा कहिलेकाँही आपतकालीन अवस्था आइदिन्छ । जस्तो कि अचानक बच्चा बिमारी भइदिन्छन् । जसका कारण छायाँकन स्थल पुग्न ढिला भइदिन सक्छ । त्यही कारण च्यानल र प्रोडक्शन टिमले बाहिर निकालिदिनु एकदमै असंवेदनशील कुरा हो । यस्तो पहिले कहिल्यै मसँग भएको थिएन । एक अभिनेता हुनुका साथसाथै म मेरा साना छोरीहरुको पिता हुँ ।’

‘म आपतकालिन अवस्थामा मेरी बिरामी छोरीलाई उनकी आमा वा सहयोगीका साथमा एक्लै छोडेर जान सक्दिनँ । आज बिहान मेरी छोरीलाई मेरो आवश्यकता थियो । त्यसबेला उनी मेरो पहिलो प्रथमिकता थिइन् । तोकिएको समयमा छायाँकन स्थलमा पुग्न नसकेकोमा म फेरि पनि प्रोडक्शन टिम र च्यानलसँग माफी माग्न चाहन्छु । कयौं पटक अभिनेताहरुलाई सेटमा पर्खाएर राखिन्छ । र हामीले तपाईँहरुका लागि एडजस्ट गर्नुपर्ने हुन्छ । त्यही व्यवहार हामीहरुका लागि गरिदिनु भएको भए राम्रो लाग्थ्य’, उनले थपे ।
टेलिभिजन अभिनेता करणवीर बोहराले ‘कुबुल हे’, ‘सौभाग्यवती भवः’, ‘नागिन’, ‘क्यों की सास भी कभी बहुथी’ लगायतका चर्चित टेलिभिजन शोमा अभिनय गरिसकेका छन ।
April 18, 2019 11:30 am | Uncategorized,मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

