एकाएक यूट्युबबाट किन गायब भयो मोदीको बायोपिकको ट्रेलर ?
एजेन्सी । विवादमा फसेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकको ट्रेलर यूट्यूबाट एकाएक गायब भएको छ । यूट्यूबमा ट्रेलर खोज्दा भिडियो उपलब्ध नभएको सन्देश दिइन्छ । फिल्मको रिलिज मिति नै धेरै पटक सरिसकेको छ । चुनाव आयोगले शुक्रबार चुनावको समयमा यस फिल्मको रिलिजमा रोक लगाइदिएको थियो ।
आयोगले जारी गरेको आदेशमा उमेदवारको छविलाई प्रत्यक्ष रुपमा बढाई चढाई गराउने यस्तो कुनै पनि प्रचार सामाग्री या पोस्टरको प्रचार गर्न नदिने जनाइएको थियो । त्यस्तो कन्टेन्टलाई आचार संंहिता अन्तर्गत इलेक्ट्रोनिक मिडियामा देखाउन नहुनेबारे आदेशमा जानकार गराइएको थियो । जसकारण सुप्रिम कोर्टले चुनाव आयोगबाट प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक ‘पिएम’नरेन्द्र मोदी’ को रिलिज मिति १९ अप्रिलदेखि पहिला नै फैसला गर्नको लागि भनेको थियो ।
कोर्टले रिलिज मिति तय गर्नु पहिला चुुनाव आयोगले पुरै फिल्म हेर्ने जनाएको थियो । यलाई मध्यनजर गरेर आज बुधबार चुनाव आयोगले फिल्म हेर्नेछ र कोर्टलाई बुझाउनेछ । यसको सुनुवाई भने २२ अप्रिलमा हुनेछ ।
फिल्ममा विवेक ओबरोयले नरेन्द्र मोदीको भूमिका निर्वाह गरेका छन् । ओमंग कुमारले निर्देशन गरेका फिल्मलाई सन्दीप सिंहले निर्माण गरेका हुन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा