

आफूमा आउदै गरेको दुःख कष्टलाई पन्छाउन चाहानुहुन्छ भने जप गर्नुहोस यस्ता मन्त्रहरु !

हामीले पूजा गर्दा कहिले काही भुल हुने गर्छ। यस्तो अबस्थामा के कस्ता कार्य गर्न पर्छ भनेर थोरैलाई मात्र थाहाँ होला। ज्योतिष शास्त्रअनुसार पूजाको समय केहि गल्ती भएमा यस मन्त्रको जप गर्नु पर्दछ जसले भुललाई क्षेमा गरी शुभ फल प्रदान गर्दछ। यस्तो छ मन्त्र…
मन्त्र
अपराधसहस्त्राणि क्रियन्तेऽहर्निशं मया।
दासोऽयमिति मां मत्वा क्षमस्व परमेश्वर।।
गतं पापं गतं दु:खं गतं दारिद्रय मेव च।
आगता: सुख-संपत्ति पुण्योऽहं तव दर्शनात्।।
अर्थ – हे परमेश्वर। मद्वारा रात-दिन हजारौ अपराध भई नै राख्छ। यो मेरो दास हो। यस्तो सम्झेर मेरो ती अपराधलाई कृपापुर्वक क्षमा गर्नुहोस। तपाईको दर्शनबाट मेरो पाप र दुख नाश होस, दरिद्रता हटोस्। सुख सम्पत्ति प्राप्त होस्। यस्तो बरदान दिनुहोस।
यी कुराको ख्याल राख्नुहोस…
प्रत्येक पूजाको अन्तिममा यस मन्त्रको जप गर्नुहोस जसले भगवानको कृपा रहिरहन्छ।
यदि देवीको गर्ने हो भने परमेश्वरको स्थानमा परमेश्वरी बोल्नुहोस।
मंत्र जप वा पाठ गरेपछि यस मन्त्र जप्न सक्नुहुनेछ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

