Friday 27th February 2026

आफूमा आउदै गरेको दुःख कष्टलाई पन्छाउन चाहानुहुन्छ भने जप गर्नुहोस यस्ता मन्त्रहरु !

7 years अगाडी

हामीले पूजा गर्दा कहिले काही भुल हुने गर्छ। यस्तो अबस्थामा के कस्ता कार्य गर्न पर्छ भनेर थोरैलाई मात्र थाहाँ होला। ज्योतिष शास्त्रअनुसार पूजाको समय केहि गल्ती भएमा यस मन्त्रको जप गर्नु पर्दछ जसले भुललाई क्षेमा गरी शुभ फल प्रदान गर्दछ। यस्तो छ मन्त्र…

मन्त्र
अपराधसहस्त्राणि क्रियन्तेऽहर्निशं मया।
दासोऽयमिति मां मत्वा क्षमस्व परमेश्वर।।
गतं पापं गतं दु:खं गतं दारिद्रय मेव च।
आगता: सुख-संपत्ति पुण्योऽहं तव दर्शनात्।।

अर्थ – हे परमेश्वर। मद्वारा रात-दिन हजारौ अपराध भई नै राख्छ। यो मेरो दास हो। यस्तो सम्झेर मेरो ती अपराधलाई कृपापुर्वक क्षमा गर्नुहोस। तपाईको दर्शनबाट मेरो पाप र दुख नाश होस, दरिद्रता हटोस्। सुख सम्पत्ति प्राप्त होस्। यस्तो बरदान दिनुहोस।

यी कुराको ख्याल राख्नुहोस…
प्रत्येक पूजाको अन्तिममा यस मन्त्रको जप गर्नुहोस जसले भगवानको कृपा रहिरहन्छ।
यदि देवीको गर्ने हो भने परमेश्वरको स्थानमा परमेश्वरी बोल्नुहोस।
मंत्र जप वा पाठ गरेपछि यस मन्त्र जप्न सक्नुहुनेछ।

          April 18, 2019 3:04 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...