

झापाली समाज युएईका पुर्वअध्यक्ष भण्डारीको बिदाई ।

आरपी सहयात्री
अप्रिल १८,युएई- झापाली समाज युएईले आफ्ना पुर्वअध्यक्ष रोहितकुमार भण्डारीलाई युएईबाट भव्य तरिकाले बिदाई गरेको छ । नेपाली नववर्स २०७६ को अवसरमा गत १२ अप्रिल शुक्रबार झापाली समाज युएईले आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांगीतिक कार्यक्रममा भण्डारीलाई बिदाई गरिएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा सन् २०११ देखि युएईमा सपरिवार रहेका भण्डारी युएईको एक प्रतिष्ठित यतिम ग्रुप अफ कम्पनीको आन्तरिक लेखापरीक्षक हुँदै पछिल्ला तीन वर्षदेखि फाइनान्स रिपोर्टरका रुपमा काम गरेका थिए । लन्डनको एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्टस र अक्स्फोड ब्रूक्स विश्वविद्यालयबाट सिएको अध्ययन पूरा गरेका भण्डारीले लन्डनकै विभिन्न युनिभर्सिटीहरुमा अध्यापन गरेको अनुभव संगाालेका छन् ।

भण्डारी युएईको नेपाली समुदायमा अध्ययनशिल, दुरदर्शी, परोपकारी र सामाजिक ब्याक्तित्वका रुपमा परिचित छन् । अन्तर्मुखी स्वभावका भण्डारी युएईको नेपाली सामाजिक गतिविधिमा होहल्ला गरेर नाम कमाउनेभन्दा परिणाममुखी काम गरी शान्त रहने थोरै ब्यक्तिमा पर्छन् । नेपालको अर्थतन्त्रसम्बन्धि गहिरो रुचि राख्ने प्राज्ञिक ब्याक्तित्व भण्डारी युएईको नेपाली समुदायमा विध्यमान चन्दा संकलनमुखी समाजसेवाको विकल्प खोज्नुपर्छ भन्ने मान्यता राख्छन् ।
तत्कालीन समयमा दुई चिरामा विभाजित झापाली समाज युएईलाई एकताबद्द गराउन आफ्नो पदको परवाह नगर्ने भण्डारीलाई समाज एकताका सुत्रधार मानिन्छ । सन् २०१६ मा अलएनमा भएको झापाली समाज युएईको प्रथम अधिवेशनबाट सर्वसम्मत चयन भएका भण्डारी थोरै समय नेतृत्वमा रहे पनि समाजको एकता, सहयोग र सहकार्यको मुलमन्त्रलाई अक्षरस पालना गर्न पुर्ण रूपमा सफल रहेको झापाली समाज युएईका वर्तमान अध्यक्ष अशोक चापागाईंले बताएका छन् ।

करिब ८ वर्षको वैदेशिक रोजगारीपछि नेपालको कृषि र पर्यटन क्षेत्रमा समर्पित हुने लक्ष्य लिएर भण्डारी यही २५ अप्रिल स्वदेश फर्कदै छन् । उनै भण्डारीको अग्रसरतामा झापाको गौरादहमा करिब २ करोडको लगानीमा केही महिना अगाडि मात्रै प्रवासी झापाली एग्रो फार्म (पिजेएएफ) संचालनमा आइसकेको छ । झापाली समाज युएईका ३४ जना आजिवन सदस्यको लगानी रहेको उक्त फार्मले चार बिगाहा जग्गामा उन्नत जातका बोयर बाख्रा, लोकल कुखुरा, गाईपालन शुरु गरिसकेको छ । कृषि र पशुपालन हुँदै लाईभ रेस्टुरेन्ट, कृषि पर्यटन र कृषि विश्वविधालय स्थापना गर्ने सपना बोकेर भण्डारी नेपाल फर्कन लागेको जानकारी उनले दिएका छन् ।
April 18, 2019 5:30 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

