आलोक नाथलाई साथ दिएको भन्दै तनुश्री दत्ताले अजय देवगनलाई ‘पाखण्डी’ भनेपछि…
केही समय अघि मी टू अभियान अन्तर्गत बलात्कार तथा यौन शोषणको आरोप लागेका बलीउड कलाकार आलोक नाथ अजय देवगनको फिल्म ‘दे दे प्यार दे’ मार्फत बलिउड फिल्ममा फर्किएका छन् ।
यसै कारण तनुश्री दत्ताले फिल्म ‘दे दे प्यार दे’ का मुख्य अभिनेता अजय देवगन र निर्माताहरुमाथि आलोक नाथलाई काम दिएको भन्दै आक्रोश पोखेकी छिन् । तनुश्रीले अजयमाथि आक्रोश पोख्दै एक बयानमा भनिन्, ‘हिन्दी सिनेमा पाखण्डीहरुले भरिभराउ छ । यहाँ झुठा र देखावटी गर्ने मानिसहरु छन् ।’
तनुश्रीले अगाडि भनिन्, ‘यदी आलोक नाथसँगका फिल्मका केही दृश्य शुट भइसकेका थिए भने बलात्कार र यौन शोषणको आरोप लागिसकेपछि उनलाई फिल्मबाट निकालेर कोही अरुबाट शुट गर्न सकिन्थ्यो । तर उनीहरुले यस्तो गरेनन् । आरोप लागिसकेपछि पनि आलोक नाथलाई फिल्मबाट निकालिएन । अजय देवगनले आरोपितलाई बलिउडमा फर्कन मद्दत गरेका छन् । यस फिल्मको पोस्टर र ट्रेलर आउनुभन्दा अघिसम्म आलोक नाथ पनि यस फिल्ममा छन् भन्ने कसैलाई थाहा थिएन । यद अजय र फिल्म निर्माताहरुले चाहन्थे भने उनीहरु आलोक नाथलाई सजिलैसँग फिल्मबाट बाहिर निकाल्न सक्थे । तर उनले यस्तो गरेनन् ।’
केही समय पहिले अजयले मीटू अभियानलाई समर्थन गर्दै ट्वीटर मार्फत पीडितहरुको पक्षमा रहने कुरा गरेका थिए । तर अहिले अजय देवगनकै फिल्ममा आलोक नाथलाई देखेपछि सामाजिक संजाल प्रयागकर्ताहरुले अजयलाई ट्रोल गरेका थिए । त्यसको जवाफमा अजयले भने ‘जब सम्म आरोपितविरुद्ध कुनै पनि प्रमाण भेटिँदैन तबसम्म उनलाई अपराधी मान्न सकिन्न ।’ भनेका यसैकारण तनुश्रीले उनलाई झुटाे भनेकी हुन् ।
गत वर्ष अक्टाेबरमा भारतीय लेखिका तथा फिल्म निर्मात्री विनता नन्दाले मीटू अभियान अन्तर्गत आलोक नाथमाथि बलात्कारको आरोप लगाएकी थिइन् ।
विनताको आरोपपछि मिडिया तथा सामाजिक सञ्जालमा याे कुराले निकै तहल्का मच्चाएको थियो । त्यसपछि विनताले आलोक नाथविरुद्ध प्रहरीमा उजुरी पनि गरिन् । त्याे केस अझै अदालतमा छ ।
विनताको यस आरोपपछि हिमानी शिवपुरी, दीपिका अमीन, संध्या मृदुलालगायतका अभिनेत्रीहरुले समेत आलोकनाथले आफूहरुको यौन शोषण गरेको आरोप लगाएका थिए ।
April 19, 2019 10:36 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो