

‘अर्जुन र मलाइकाले विवाह गरे हुन्छ’

एजेन्सी । बलिउडमा अर्जुन कपूर र मलाइका अरोराको सम्बन्ध चर्चामा रहेको छ । अर्जुनले अरबाज खानकी श्रीमती मलाइकासँग सम्बन्ध विस्तार गरिसकेका छन् । उनले मलाइकासँग बोलीचाली केही ज्यादा नै गर्न थालिसकेका छन् । उनीहरु विवाहको तयारीमा समेत रहेको मिडिया रिपोर्टमा चर्चा भएको छ ।
कुनै समय खान परिवारभित्र यो कुरा थाहा थिएन । तर, जब अर्जुनले अर्पितासँग ब्रेकअप गरे तब मिडियामा अर्जुन र मलाइकाको सम्बन्धबारे राजीव मसन्दले कसैको पनि नाम नलिई सबै कुरा छरपष्ट पारिदिएका थिए । त्यसपछि खान परिवारमा झै झगडाको वातावरण सुरु हुन पुग्यो । अरबाज र मलाइकाको सम्बन्ध मिलाउन सलमान खानले अहम भूमिका खेलेका थिए ।
उनले अर्जुनलाई बलिउडबाट बाइकट नै गर्ने धम्की दिए । तर, उनको प्रयास सफल हुन सकेन । अन्ततः मलाइका र अरबाजले १८ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुग्याउने निर्णय लिए । डिभोर्स लगत्तै अर्जुन र मलाइकाको सम्बन्ध छताछुल्ल भयो । उनीहरु खुलेआम नै एक अर्कालाई डेट गर्न थाले । केही बलिउड कलाकारहरुले त उनीहरु विवाहको तयारीमा समेत रहेको बताए । प्रियंका चोपडाले उनीहरु विवाह गर्दा हुने समेत बताएकी थिइन् ।
April 19, 2019 1:34 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

