‘अर्जुन र मलाइकाले विवाह गरे हुन्छ’
एजेन्सी । बलिउडमा अर्जुन कपूर र मलाइका अरोराको सम्बन्ध चर्चामा रहेको छ । अर्जुनले अरबाज खानकी श्रीमती मलाइकासँग सम्बन्ध विस्तार गरिसकेका छन् । उनले मलाइकासँग बोलीचाली केही ज्यादा नै गर्न थालिसकेका छन् । उनीहरु विवाहको तयारीमा समेत रहेको मिडिया रिपोर्टमा चर्चा भएको छ ।
कुनै समय खान परिवारभित्र यो कुरा थाहा थिएन । तर, जब अर्जुनले अर्पितासँग ब्रेकअप गरे तब मिडियामा अर्जुन र मलाइकाको सम्बन्धबारे राजीव मसन्दले कसैको पनि नाम नलिई सबै कुरा छरपष्ट पारिदिएका थिए । त्यसपछि खान परिवारमा झै झगडाको वातावरण सुरु हुन पुग्यो । अरबाज र मलाइकाको सम्बन्ध मिलाउन सलमान खानले अहम भूमिका खेलेका थिए ।
उनले अर्जुनलाई बलिउडबाट बाइकट नै गर्ने धम्की दिए । तर, उनको प्रयास सफल हुन सकेन । अन्ततः मलाइका र अरबाजले १८ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुग्याउने निर्णय लिए । डिभोर्स लगत्तै अर्जुन र मलाइकाको सम्बन्ध छताछुल्ल भयो । उनीहरु खुलेआम नै एक अर्कालाई डेट गर्न थाले । केही बलिउड कलाकारहरुले त उनीहरु विवाहको तयारीमा समेत रहेको बताए । प्रियंका चोपडाले उनीहरु विवाह गर्दा हुने समेत बताएकी थिइन् ।
April 19, 2019 1:34 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।